― Advertisement ―

चन्द्रमामा 5.6 मिलियन नामहरू लिन प्रयोग गरिएको एउटै माइक्रोएसडी कार्ड आर्टेमिस II मिशनको भागको रूपमा किन्नको लागि उपलब्ध छ।

केवल धेरै भाग्यशाली थोरै मानिसहरूले कहिल्यै अन्तरिक्षमा यात्रा गर्न पाउँछन्, तर 5.6 मिलियन भन्दा बढी नामहरूले भर्खरै चन्द्रमाको वरिपरि यात्रा पूरा गरे, माइक्रोएसडी कार्डमा...
HomeLatest newsविस्तारित बैठक एजेन्डाबारे छलफल – KhabarHost

विस्तारित बैठक एजेन्डाबारे छलफल – KhabarHost



३१ असोज, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को आगामी विस्तारित बैठकको एजेन्डाबारे छलफल भएको छ ।

शुक्रबार बसेको सचिवालय बैठकमा आगामी विस्तारित बैठकको सहभागिता, विस्तारित बैठकको एजेन्डा र विस्तारित बैठकमा प्राप्त सुझाव एवं रायहरूको सम्बोधन मोडालिटीबारे छलफल भएको महामन्त्री कविन्द्र बुर्लाकोटीले जानकारी दिए ।

परिवर्तित अवस्थामा बृहत्तर एलायन्स निर्माण सम्बन्धमा भएका प्रयासहरूबारे छलफल गर्दै उच्चस्तरीय संवाद समिति विस्तार गर्ने निर्णय भएको उनले बताए ।

संवाद समितिको उपसंयोजकमा केन्द्रीय सदस्य शिशिर खनाल र सदस्यमा केन्द्रीय सदस्य डा. तोसिमा कार्कीलाई मनोनयन गर्ने निर्णय भएको छ ।

संवाद समितिमा आवश्यकता अनुसार पार्टी सचिवालय सदस्यहरूलाई संवाद दूतका रूपमा संलग्न गराइने निर्णय भएको छ ।

प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गरी गठन गरिएको बाचापत्र तयारी समिति विस्तार गर्ने निर्णय समेत बैठकले गरेको छ ।

समितिमा सचिवालय सदस्य सन्तोष परियार, केन्द्रीय सदस्य सोबिता गौतम, केन्द्रीय सदस्य गणेश कार्की र केन्द्रीय सदस्य डा. नन्दन यादवलाई मनोनयन गर्ने निर्णय भएको उनले बताए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More