― Advertisement ―

शनिबार, अप्रिल ११ को लागि NYT Strands संकेत र जवाफहरू (खेल #769)

अर्को दिन खोज्दै हुनुहुन्छ? एउटा नयाँ NYT जोन अर्थात् दिनको मध्यमा देखिने समय जुन रातको puzzs को लागि देखिन्छ। कोही मान्छे सधैं 'आजको खेल'...
HomeLatest newsरामकुमारी र किसानसहितका नेता नि:सर्त एमालेमा फर्किने, झलनाथ पनि वार्तामा

रामकुमारी र किसानसहितका नेता नि:सर्त एमालेमा फर्किने, झलनाथ पनि वार्तामा



१८ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका असन्तुष्ट रहेका रामकुमारी झाँक्री, किसान श्रेष्ठ लगायतका नेताहरु विनासर्त एमाले फर्किने भएका छन् । उनीहरुले त्यसका लागि एकीकृत समाजवादीका असन्तुष्ट नेताहरुलाई गोलबद्ध गरी एमाले फर्किन आह्वानका लागि बुधबार पत्रकार सम्मेलन गर्न लागेका छन् ।

बुधबार दिउँसो माओवादी र एकीकृत समाजवादी लगायतका दलको एकताको औपचारिक घोषणाका लागि राष्ट्रिय सम्मेलन हुँदैछ । त्यो सम्मेलन अघि नै झाँक्री लगायतका नेताहरुले एमालेमा जाने आह्वानसहितको घोषणा गर्नेछन् ।

‘हामी निसर्त एमालेमा फर्किनेहरूका लागि भोलि आफ्नै धारणा सार्वजनिक गर्छौं,’ निवर्तमान सांसद समेत रहेका नेता किसान श्रेष्ठले अनलाइनखबरसँग भने, ‘देशैभरका नेता कार्यकर्तालई गोलबद्ध गरेर हामी केही दिनपछि एमालेमा जान्छौं ।’

रामकुमारी झाँक्री, किसान श्रेष्ठ, अम्बरबहादुर थापा, गम्भीरलाल श्रेष्ठ, पीताम्बर तिम्सिना, अर्जुन राई लगायतका नेताहरु एमाले फर्किन लागेका छन् ।

नेता श्रेष्ठका अनुसार एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाल नै पनि एमाले फर्किने सम्भावना छ । खनालले बुधबार एमाले अध्यक्ष केपी शर्मा ओलीसँग भेट गरेका छन् ।

‘झलनाथ खनालको पनि कुरा भइरहेको छ । कुरा मिल्यो भने उहाँ सहित नै केही दिनमा हामी एमाले जानसक्छौं,’ श्रेष्ठले भने ।

एमाले अध्यक्ष ओली निकट पोलिटब्यूरो सदस्य महेश बस्नेतले ओलीले खनालबीच वार्ता भएको र वार्ता सकारात्मक रहेको उल्लेख गरेका छन् ।

झलनाथ खनाललाई साथ दिएका नेता घनश्याम भूसाल विप्लव, जनार्दन शर्मा लगायतका नेताहरुसँगको मोर्चाबन्दीमा जाने भएपछि खनाल एमालेमा जानेबारे छलफल गरेका हुन् । नेता श्रेष्ठले अध्यक्ष भइसकेको नेताले सम्मानजनक ठाउँ पाएको अवस्थामा उनकै नेतृत्वमा ठूलो समूह जानसक्ने बताए ।

अहिले एकीकृत समाजवादीमा असन्तुष्ट समूहमा रहेका राष्ट्रिय सभाका सांसद, प्रदेश सभाका सांसद र स्थानीय तहका जनप्रतिनिधिहरुको पद एमालेमा गए के हुन्छ भन्नेबारे पनि कानुनी परामर्श चलिरहेको नेता श्रेष्ठले जानकारी दिए ।





Read More