फाइल
काठमाडौं, २३ जुलाई
पुरुष मध्य एसियाली भलिबल संघ (CAVA) च्याम्पियनसिपको आजको खेलमा श्रीलंकाले नेपाललाई पराजित गरेको छ । प्रतियोगितामा नेपालको यो लगातार दोस्रो हार हो । हिजो भएको पहिलो खेलमा नेपाल कजाकिस्तानसँग ३–२ को सेटमा पराजित भएको थियो ।
पाकिस्तानको इस्लामावादस्थित लियाकत जिम्नेसियममा आज भएको खेलमा नेपाल श्रीलंकासँग ३–२ सेटमा पराजित भएको हो । श्रीलंकाले पहिलो सेट २५–१८ ले जित्यो । त्यसपछि नेपालले दोस्रो सेट २५–२१ र तेस्रो सेट २५–१९ ले जितेर अर्को दुई सेट कब्जा गर्यो । श्रीलंकाले चौथो सेट २५–२१ ले कब्जा गर्यो।
अन्तिम सेटमा पनि श्रीलंकाले १५–११ को जित निकाल्दै खेल जित्यो। नेपालले अब तेस्रो खेल शुक्रबार आयोजक पाकिस्तानसँग खेल्नेछ । सिंगल राउण्ड रोबिन लिगपछि शीर्ष चार टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् । प्रतियोगितामा आयोजक पाकिस्तानसँगै नेपाल, काजाकिस्तान, श्रीलंका, बंगलादेश र उज्वेकिस्तान सहभागी छन्।—RSS
js = d.createElement(s);
js.id = आईडी;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(कागजात, 'स्क्रिप्ट', 'फेसबुक-jssdk'));
थप पढ्नुहोस्

