― Advertisement ―

Battlefield 6 अडियो टोली भन्छन् कि तिनीहरूले ‘हामीले सोचेको कुरालाई निरन्तर पालिश गर्न आवश्यक छ’

The The अडियो टोलीले नयाँ अन्तर्वार्तामा खेलको प्रत्यक्ष सेवा विकासको बारेमा छलफल गरेको छविकासकर्ताहरूले भने कि उनीहरूले यसको ध्वनि "निरन्तर पालिश" गर्छन् id="elk-ba3563f5-23b2-43a5-8fac-7b5c59bade19">Battlefield 6...
Homeराष्ट्रिय समाचारदुर्गा प्रसाईंलाई दूरीमै राख्ने दिल्ली नीति – KhabarHost

दुर्गा प्रसाईंलाई दूरीमै राख्ने दिल्ली नीति – KhabarHost



१८ कात्तिक, नयाँदिल्ली । भारत सरकारले विवादास्पद नेपाली व्यवसायी तथा राजतन्त्रवादी आन्दोलनकारी दुर्गा प्रसाईंको राजनीतिक अभियानबाट आफूलाई स्पष्ट रूपमा टाढा राखेको छ ।

भारतीय अनलाइन एनडीटीभीमा प्रकाशित समाचारअनुसार भारतले प्रसाईलाई आफ्नो अभियानमा भारतीय समर्थन रहेको भ्रामक दाबी नगर्न चेतावनी दिएको छ ।

प्रसाईं क्यान्सर उपचारसँग सम्बन्धित फलोअप मेडिकल भ्रमणका लागि भन्दै यसै हप्ता दिल्ली आइपुगेका थिए । यो पछिल्ला केही हप्तामा उनको दोस्रो भारत भ्रमण हो ।

प्रसाईंले आफ्नो भ्रमणलाई नेपालमा राजतन्त्र र हिन्दू राष्ट्र पुनर्स्थापनाका लागि ‘भारतीय नेताहरूसँग भेटघाट गर्ने र नैतिक समर्थन जुटाउने प्रयास’ का रूपमा सार्वजनिक रूपमा चित्रण गरेका छन् ।

तर, भारतीय अधिकारीहरूले भने दिल्लीको उनको गतिविधिमा कुनै संलग्नता वा चासो नरहेको जनाएका छन् ।

कूटनीतिक र सुरक्षा स्रोतहरूका अनुसार, भारतीय अधिकारीहरूले प्रसाईंको राजनीतिक सक्रियतालाई एक अनावश्यक झन्झटका रूपमा लिएका छन् । अहिले भारत नेपालको निर्वाचित सरकारसँग स्थिर सम्बन्ध कायम राख्न र नेपालको आन्तरिक मामिलामा कुनै पनि हस्तक्षेपको अनुभूति हुन नदिनमा सचेत छ ।

एनडीटीभीसँग कुरा गर्दै विषयसँग परिचित एक अधिकारीले भने, ‘भारतीय अधिकारीहरूले दुर्गा प्रसाईंलाई भारतमा रहँदा राजनीतिक गतिविधि नगर्न र भारतीय समर्थनको भ्रामक दाबी नगर्न चेतावनी दिएका छन् ।’

स्रोतले प्रसाईं वा उनका छोरा दुवैले यस भ्रमणका क्रममा कुनै पनि भारतीय सरकारी वा पार्टीका प्रतिनिधिसँग भेटघाट गर्न नसकेको बतायो । यसले पछिल्ला हप्ताहरूमा असफल प्रयासहरूलाई संकेत गर्छ ।

प्रसाईंले नोभेम्बर २३ (मंसिर ७ गते) का लागि काठमाडौंमा एक ठूलो राजतन्त्र पक्षधर र्‍यालीको आह्वान गरेका छन् । यसपछि देशव्यापी सडक अवरोध र जनप्रदर्शन सहितको अभियान चलाउने उनको योजना छ ।

राष्ट्रवादी र गणतन्त्र विरोधी भाषणहरूले राजतन्त्रवादी वृत्तबाट चर्को समर्थन पाए पनि प्रमुख पार्टीहरूबाट भने आलोचना भएको छ ।

दिल्लीका अधिकारीहरू प्रसाईंले भारतीय सहानुभूतिको दाबी गरेकोमा चिढिएका छन् ।

नेपालसँगको कूटनीतिक सम्बन्धमा संलग्न एक वरिष्ठ अधिकारीले भने, प्रसाईंको राजनीतिसँग भारतको प्रत्यक्ष वा अप्रत्यक्ष कुनै सम्बन्ध छैन । उनी एक नेपालको एक घरेलु पात्र हुन् उनको गतिविधिमा भारतको कुनै समर्थन छैन ।’

अधिकारीहरूले दिल्लीको नेपाल नीति अहस्तक्षेपमा आधारित रहेको र यसले सानो समूहका आन्दोलनहरूभन्दा नेपालका प्रजातान्त्रिक संस्थाहरूसँगको सहभागितालाई प्राथमिकता दिने दोहोर्‍याए ।

नेपालमा प्रसाईंका र्‍यालीहरू हिंसात्मक बन्ने गरेका छन् । दुवै राजधानी (दिल्ली र काठमाडौं) का विश्लेषकहरू प्रसाईंको बारम्बारको भारतीय समर्थनको दाबी उनको आन्तरिक विश्वसनीयता बढाउने उद्देश्य केन्द्रित रहेको बताउँछन् । तर भारतको स्पष्ट अस्वीकारसँगै बाह्य वैधानिकता दाबी गर्ने उनको प्रयास असफल भएको देखिन्छ ।

वास्तवमा, गत चैतमा उनी हिंसात्मक प्रदर्शनबाट भागेपछि भारतले उनलाई पक्राउ गरेर नेपाललाई बुझाएको थियो । प्रदर्शनको क्रममा समर्थकहरूले दर्जनौं सार्वजनिक र निजी भवनहरूमा आगजनी गरेका थिए ।

-(एनडीटीभीबाट)

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More