राष्ट्रिय
समाचार.
- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ताइवानमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन्।
- ट्रम्पले अमेरिकी रक्षा मन्त्रालयलाई परमाणु परीक्षण तुरुन्त सुरु गर्न निर्देशन दिएका छन् र रूस–चीनको स्तरको परीक्षण आवश्यक भएको बताए।
- अमेरिकी र चिनियाँ रक्षा मन्त्रीबीच मलेसियामा ताइवान र दक्षिण चीन सागरको विषयमा भेटवार्ता भएको छ।
१७ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनलाई ताइवानमाथि आक्रमण गरे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिएका छन् । चिनियाँ राष्ट्रपति सी जिनपिङले परिस्थितिलाई राम्रोसँग बुझिरहेका दाबी ट्रम्पको थियो ।
ट्रम्पले आइतबार सीबीएस न्यूजसँगको अन्तर्वार्तामा भने, ‘यदि ताइवानमाथि हमला भयो भने उनी (जिनपिङ) त्यसको नतिजा के हुन्छ भन्ने राम्ररी जान्दछन् । उनले हाम्रो भेटमा यसबारे कुरा गरेनन्, किनभने उनी परिणामबारे सजग छन्।’
जिनपिङले तपाईं राष्ट्रपति भएसम्म चीनले ताइवानलाई आफ्नो नियन्त्रणमा लिन कुनै सैन्य कदम चाल्दैनौं भनेर आफूलाई भरोसा दिएको ट्रम्पको जिकिर छ ।
ट्रम्पले अमेरिकाले फेरि परमाणु परीक्षण सुरु गर्नुपर्ने आवश्यकता रहेको बताए । उनका अनुसार, अमेरिकासँग यति धेरै परमाणु अस्त्र छन् कि संसारलाई १५० पटकसम्म नष्ट गर्न सकिन्छ । यतिधेरै क्षमता भए पनि रूस र चीनका गतिविधिका कारण फेरि परमाणु परीक्षण आवश्यक रहेको उनले बताए ।
अमेरिकाले कडा प्रतिक्रिया जनाउने डरले आफ्नो पहिलो कार्यकालमा चीनले कहिल्यै ताइवानमाथि हमला गर्ने साहस नगरेको ट्रम्पको तर्क छ ।
परमाणु परीक्षण गर्दै अमेरिका
ट्रम्पले रक्षा मन्त्रालय (पेन्टागन) लाई परमाणु परीक्षण तुरुन्तशुसुरु गर्न निर्देशन दिएका छन्। उनका अनुसार, यो परीक्षण चीन र रूसकै स्तरको हुनुपर्छ।
ट्रम्पले जिकिर गरे, ‘रूस र चीन दुवै गुप्त रूपमा परीक्षण गरिरहेका छन्, विश्वलाई थाहा नभएको मात्रै हो।’
अमेरिकाले अन्तिमपटक २३ सेप्टेम्बर १९९२ मा परमाणु परीक्षण गरेको थियो। त्यो अमेरिकी इतिहासको १,०३० औँ परीक्षण थियो। ‘रेनियर मेसा’ नामक सानो पहाडको २३०० फिट मुनि नेभाडा परीक्षण स्थलमा गरिएको उक्त विस्फोटको गोप्य नाम ‘डिवाइडर’ थियो।
विस्फोट यति शक्तिशाली थियो कि भूमिगत चट्टानहरू पग्लिएका थिए। सतह करिब १ फिट माथि उचालिएर फेरि धसिएको थियो। अहिले पनि त्यहाँ करिब १५० मिटर चौडा र १० मिटर गहिरो गहिरो खाडल देखिन्छ।
ताइवान मुद्दामा अमेरिका–चीन रक्षा मन्त्रीबीच संवाद
३१ अक्टोबरमा मलेसियामा अमेरिकी रक्षा मन्त्री पीट हेगसेथ र चिनियाँ रक्षा मन्त्री एडमिरल डोङ जुनबीच भेटवार्ता भयो। हेगसेथले ताइवान र दक्षिण चीन सागरमा चीनको बढ्दो सैन्य गतिविधिबारे चिन्ता व्यक्त गरे।
‘अमेरिका इन्डो–प्यासिफिक क्षेत्रमा शक्ति सन्तुलन कायम राख्नेछ र आफ्ना हितहरूको रक्षा गर्नेछ’ उनले थपे, ‘अमेरिका टकराव चाहँदैन, तर आफ्नो सैन्य उपस्थिति बलियो राख्नेछ।’
जवाफमा चिनियाँ मन्त्री डोङ जुनले भने, ‘अमेरिकाले ताइवान मामिलामा सावधानीपूर्वक काम गर्नुपर्छ र ताइवानको स्वतन्त्रताको समर्थन नगर्नु नै उचित हुनेछ।’
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

