― Advertisement ―

एनएचएसका कर्मचारीहरूले बिरामीको रेकर्डमा जासूसी गर्दा अब जेलको जोखिममा परेका छन् किनकि व्यापक क्र्याकडाउनले बेलायतको स्वास्थ्य सेवा प्रणालीमा चौंकाउने गोपनीयता असफलताहरू उजागर गर्दछ।

NHS ले स्वास्थ्य हेरचाहकर्ताहरूलाई रेकर्ड गर्न सक्ने चेतावनी दिन्छ स्थायी रूपमागोपनीय मेडिकल रेकर्डहरूमा गैरकानूनी पहुँचको लागि जेलको समय अब खारेजमा सामेल हुन्छहाइ-प्रोफाइल अपराध पीडितहरूको...
Homeराष्ट्रिय समाचारकिन बागमतीमा आइपुगे हिमालयका पाहुना चरा ? (तस्वीरहरु)

किन बागमतीमा आइपुगे हिमालयका पाहुना चरा ? (तस्वीरहरु)


राष्ट्रिय

समाचार.

  • बागमतीमा दुर्लभ ब्ल्याक हेडेड गल नामक चरा देखिएको छ, जसको टाउको कालो र पखेटा सेतो हुन्छ।
  • यी चराहरू मंगोलिया, ताजकिस्तान, चीन र तिब्बतबाट जाडो छल्न काठमाडौं आएका हुन्।
  • ब्ल्याक हेडेड गलहरू सामूहिक स्वभावका हुन्छन् र साना माछा, कीरा र फोहोर खाने गर्छन्।

बागमतीमा दुर्लभ पाहुना चरा ‘ब्ल्याक हेडेड गल’को बथान देखियो । निख्खर सेतो र कालो पखेटा, रातो चुच्चो र रातै खुट्टा (पञ्जा) भएको यो चरा बागमतीको सतहमा खेलिरहेको देखिन्थे । पानी माथि-माथि उड्दै आहारा खोजिरहेका यो बथान आफैंमा परेड खेलिरहेझैं लाग्थ्यो ।

यिनीहरू आहाराको खोजीमा लामो यात्रा गरेर यहाँसम्म आइपुगेका हुन् । यी चरा खासगरी मंगोलिया, ताजकिस्तान, चीन र तिब्बतमा पाइने गर्छ । विशेषज्ञहरूका अनुसार यी चराहरू उत्तरी ध्रुवमा चिसो बढेसँगै जाडो छल्न बसाइ सर्ने गर्छन् । यही क्रममा यी बथान काठमाडौं आइपुगेका हुन् ।

यी चराले साना माछा, कीरा फट्याङ्ग्रा र फोहोरको खानेकुरा खाने गर्छन् ।

प्रजननको समयमा यी चरा विभिन्न भागमा बसाइँ सर्ने गर्छ । प्रजनन समयमा वयस्क चराको टाउको गाढा कालो वा खैरो हुन्छ । यस्तै हिँउदमा कालो हराएर यिनीहरूको टाउको सेतो हुन्छ । टाउकोमा कालो धब्बा मात्र देखिन्छ ।

ब्ल्याक हेडेड गलहरू अत्यन्तै सामूहिक स्वभावका चराचुरुङ्गी हुन्। ती खाना खोज्दा र बेलुकी विश्राम गर्ने समयमा ठूलो समूहमा देखिन्छन् ।

ब्ल्याक हेडेड गलहरू दिनको समयमा सक्रिय रहन्छन् । प्रायः पानीको सतहमै पौडिँदै शिकार टिप्छन् वा टाउको पानीभित्र डुबाएर खाना खोज्छन् ।





Read More