― Advertisement ―

यो स्तरवृद्धि गर्ने समय हो — मैले Best Buy मा 22 वटा सम्झौताहरू फेला पारेको छु जसले तपाईंलाई TV, ल्यापटप र थपमा $1,000 सम्म...

हामी सबैले अब प्रयोग नगर्ने केही पुराना प्रविधिहरू छन्, वा कम्तिमा एउटा पुरानो यन्त्र छ जुन हामीलाई थाहा छ कि हामीले चाँडै अपग्रेड गर्नुपर्छ।...
Homeअन्तर्राष्ट्रियअफगानिस्तानमा ६.३ रेक्टरको भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो

अफगानिस्तानमा ६.३ रेक्टरको भूकम्पमा मृत्यु हुनेको संख्या २० पुग्यो


राष्ट्रिय

समाचार.

  • अफगानिस्तानको उत्तरी क्षेत्रमा गएको ६ दशमलब ३ रेक्टर स्केलको भूकम्पमा २० जनाको मृत्यु भएको छ।
  • भूकम्पले ३२० भन्दा धेरै घाइते भएका छन् र प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी छ।
  • तालिबानका प्रवत्ताले बाल्ख प्रान्तको शोलगरा जिल्लामा धेरै अग्ला भवन भत्किएर थुप्रै मानिस घाइते भएको बताएका छन्।

१७ कात्तिक, काठमाडौं । अफगानिस्तानको उत्तरी क्षेत्रमा गएको भूकम्पमा परेर मृत्यु हुनेको संख्या २० पुगेको छ । पछिल्लो जानकारी अनुसार ३२० जनाभन्दा धेरै घाइते भएका छन् ।

स्थानीय समय अनुसार गएराति एक बजे मजार–ए–शरिफ क्षेत्रमा ६ दशमलब ३ रेक्टर स्केलको भूकम्प गएको हो । यस क्षेत्रमा ५ लाख मानिको बसोबास छ । भूकम्पमा परेर मर्नेको संख्या अझै बढ्न सक्ने अधिकारीहरूले बताएका छन् ।

प्रभावित क्षेत्रमा राहत र उद्धार कार्य जारी छ । अमेरिकी जियोलोजिकल सर्भे(यूएसजीएस) का अनुसार ६ दशमलब ३ रेक्टर स्केलको भूकम्पको केन्द्र २८ किलोमिटर गहिराइमा थियो ।

अरेन्ज अलर्ट स्तरको बताइएको यस भूकम्पबाट ठूलो जनधनको क्षति भएको आशंका गरिएको छ ।

तालिबानका प्रवत्त:ा हाजी जैदले बाल्ख प्रान्तको शोलगरा जिल्लामा कयौं घाइते भएको बताए । उनका अनुसार धेरैजसो अग्ला भवन भत्किएर खस्दा थुप्रै मानिस घाइते भएका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More