― Advertisement ―

Nintendo’s Switch 2 को मूल्य सेप्टेम्बर 1 मा AU$769.95 मा बढ्दै छ – जसले EOFY को लागि यो AU$629 सम्झौतालाई अझ आकर्षक बनाउँछ।

निन्टेन्डोले मे मा घोषणा गर्‍यो कि यो चाँडै नै अष्ट्रेलियाली मूल्य बढाउने योजनाहरू यसको स्विच 2 कन्सोलको रूपमा "बजारको विभिन्न सर्तहरू" को रूपमा स्विच...
Homeअन्तर्राष्ट्रियचीनमा भ्रष्टाचार आरोपमा दुई पूर्व उच्च अधिकारी पार्टीबाट निष्कासित

चीनमा भ्रष्टाचार आरोपमा दुई पूर्व उच्च अधिकारी पार्टीबाट निष्कासित


वाङ जियानजुन



१७ कात्तिक, काठमाडौं । चीनले अनुशासन र कानुनको गम्भीर उल्लंघन गरेको आरोपमा दुई पूर्व वरिष्ठ सरकारी अधिकारीलाई कम्युनिस्ट पार्टीबाट निष्कासन गरेको छ ।

समाचार संस्था रोयटर्सले चीनको शीर्ष भ्रष्टाचार नियन्त्रण निकायलाई उद्धृत गर्दै दुई पूर्व वरिष्ठ सरकारी अधिकारीलाई पार्टीबाट निष्कासन गरेको जनाएको हो ।

कारबाही भोग्नेहरूमा चीन सेक्युरिटीज रेगुलेटरी कमिसनका पूर्व उपाध्यक्ष वाङ जियानजुन र नेशनल डेभलपमेन्ट एन्ड रिफर्म कमिसनका पूर्व उप–निदेशक सु स्यानपिङ रहेका छन् । यो जानकारी सेन्ट्रल कमिसन फर डिसिप्लिन इन्स्पेक्सन (सीसीडीआई) ले दुई अलग–अलग विज्ञप्तिमा जनाएको छ।

निगरानी निकायका अनुसार वाङ र सु दुवैले घुस लिएको आशंका छ । उनीहरूको मुद्दालाई ‘गम्भीर प्रकृतिको’ र ‘नकारात्मक प्रभाव पार्ने खालको’ भनेर व्याख्या गरिएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More