― Advertisement ―

OpenAI को पछिल्लो अधिग्रहणले यसको कोडेक्स कोडिङ सहायकको लागि बाटोमा ठूला परिवर्तनहरू देख्न सक्छ

एआईको पुष्टि गर्नको लागि यसको योजना खोल्नुहोस् र ओएआईको पुष्टि गर्नुहोस् पूर्वाधारकोडेक्सले ओनाको पूर्वाधारबाट लाभ उठाउन सक्छ, जसले लामो समयदेखि चल्ने कार्यहरूको लागि वातावरण...
Homeराष्ट्रिय समाचार‘नयाँ शक्ति नमिले कुलमान घिसिङ लगायतलाई भ्रष्टाचार मुद्दा लाग्नसक्छ’ – KhabarHost

‘नयाँ शक्ति नमिले कुलमान घिसिङ लगायतलाई भ्रष्टाचार मुद्दा लाग्नसक्छ’ – KhabarHost


राष्ट्रिय

समाचार.

  • राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बमले नयाँ शक्तिहरू नमिले पुरानै शक्तिहरू चुनावबाट फर्किने दाबी गरेका छन्।
  • बमले कुलमान घिसिङ लगायतलाई भ्रष्टाचार, देशद्रोह, आतंकवाद प्रोत्साहन लगायतका मुद्दा लगाइने बताएका छन्।
  • उनले रवि लामिछानेमाथि प्रतिशोध साँधिएको र चुनावपछि पनि यस्तो अवस्था आउन सक्ने बताएका छन्।

१७ कात्तिक, काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका नेता पुकार बमले नयाँ शक्तिहरू नमिले पुरानै शक्तिहरू चुनावबाट फर्किने र कुलमान घिसिङ लगायतलाई भ्रष्टाचारका मुद्दा लगाउने दाबी गरेका छन् ।

नयाँ शक्तिहरूबीच भइरहेको एकताको प्रक्रियाले आकार नलिइरहेका बेला बमले आइतबार सामाजिक सञ्जालबाट यस्तो दाबी गरेका हुन् ।

‘कारागार भित्र भएकै एकमात्र कारण देखाई राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेलाई मात्र एकताको बाधक देख्दै गर्दा, भोलि नयाँ दलका अध्यक्ष कुलमान घिसिङमाथि नीतिगत संस्थागत र आर्थिक भ्रष्टाचार, सम्पत्ति शुद्धिकरण, अख्तियार दुरुपयोग, संगठित अपराध, अपचलन लगायतका मुद्दा र कुलमानजी नेतृत्वको पार्टीका अन्य प्रमुख नेता भनिएका र समर्थन गरेका नेतृत्वकर्ता बालेन साह, सुमना श्रेष्ठ, सुदन गुरुङ, सागर ढकाल, सोम शर्मा लगायत माथि देशद्रोह, आतंकवाद प्रोत्साहन, साम्प्रदायिक दङ्गा उत्प्रेरणा,आन्दोलनमा भीडलाई उक्साएको, विध्वंस मचाएको ,आगजनी, सार्वजनिक सम्पत्ति तोडफोड, ज्यान मार्ने मुद्धा, हुलहुज्जत गरेको लगायत मुद्दा दायर पश्चात् तपाईंहरूलाई के भन्ने ?’

उनले अहिले रवि लामिछानेमाथि प्रतिशोध साँधिएको उल्लेख गर्दै त्यस्तै अवस्था अब चुनावपछि पनि आउने सक्ने उनको भनाइ छ ।

‘मुद्दा, विचार र सिद्धान्त एक हुँदाहुँदै एक्ला एक्लै जाने हो भने अबको बाटो स्पष्ट छ – जेल भित्र । अनि त्यही कालकोठरी जेलभित्र – सानो धिपधिपे चिमको उज्यालोमा भजन किर्तन कत्थक डिस्को डान्स, नाचगान दोहोरी र र्‍याप ब्याटलको तालमा एकताको वार्ता गर्ने दिन टाढा छैन,’ उनले भनेका छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More