― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
HomeLatest newsप्राधिकरणलाई चार उद्योगले तिरे पहिलो किस्ता, काटिएको बिजुली जोडियो

प्राधिकरणलाई चार उद्योगले तिरे पहिलो किस्ता, काटिएको बिजुली जोडियो


राष्ट्रिय

समाचार.

  • रुपन्देहीको पञ्चकन्या समुहले ट्रङ्क लाइन महसुल बक्यौता विवादमा एक किस्ता दुई लाख ८० हजार रुपैयाँ नेपाल विद्युत प्राधिकरणलाई तिरेको छ।
  • विद्युत प्राधिकरणले १३ दिनअघि बक्यौता नतिरेपछि पञ्चकन्या स्टिल र प्लास्टिक उद्योगमा विद्युत लाइन काटेको थियो।
  • उद्योगले विद्युत नियमन आयोगमा उजुरी दिएका छन् र न्यायिक लडाइँ जारी राख्ने निर्णय गरेका छन्।

१७ कार्तिक, बुटवल । डेडिकेटेड तथा ट्रंक लाइन विवादमा चार उद्योगले प्रिमियम महसुलको बक्यौताको पहिलो किस्ता रकम नेपाल विद्युत प्राधिकरणलाई तिरेका छन् ।

भैरहवा क्षेत्रमा सञ्चालित पञ्चकन्या प्लाष्टिक उद्योग, पञ्चकन्या स्टील इण्डष्ट्रिज, सिद्धार्थ पेटप्लान्ट र श्याम प्लास्टिकले सोमबार बक्यौताको पहिलो किस्ता तिरेका हुन् ।

पहिलो किस्ता तिरेपछि उद्योगहरूको विच्छेद गरिएको विद्युत लाइन जडान गरिएको प्राधिकरणका कार्यकारी निर्देशक मनोज सिलवालले जानकारी दिए ।

उद्योगहरुले २०७२ माघदेखि २०७५ वैशाखसम्ममा डेडिकेटेड तथा ट्रङ्क लाइन प्रयोग बापतको प्रिमियम महसुलको पहिलो किस्ता बुझाएका हुन् ।

पञ्चकन्या प्लाष्टिकको २४ लाख ६३ हजार, पञ्जकन्या स्टीलको ५२ लाख १९ हजार, सिद्धार्थ पेटप्लान्टको १ करोड ८३ लाख र श्याम प्लास्टिकको ४९ लाख १० हजार रुपैयाँ बक्यौता रहेको छ । बक्यौतालाई २८ किस्तामा विभाजन गरी उद्योगहरुले पहिलो किस्ता तिरेका छन् ।

बाध्यात्मक अवस्थाका कारण बक्यौताको २८ किस्ता मध्ये एक किस्ता बापत दुई लाख ८० हजार रुपैयाँ तिरेपछि प्राधिकरणले दुई उद्योगमा लाइन जोडिदिएको पञ्चकन्या समुहका महाप्रबन्धक देवेन्द्र साहुले बताए ।

आजै पञ्चकन्या स्टिल र पञ्चकन्या प्लास्टिक्सले विद्युत् नियमन आयोगमा उजुरी दिएका थिए ।

‘राष्ट्रिय गौरवका आयोजना र उपभोक्तालाई दिनुपर्ने समान समयमा दिनुपर्ने र सयौं कर्मचारीको रोजगारीको दायित्वबाट पन्छिन नमिल्ने बाध्यात्मक अवस्थाले कानुनी लडाइँ जारी राख्ने निर्णय सहित एक किस्ता तिरेका हौ,’ साहुले भने, ‘एक किस्ता तिर्नुको अर्थ हामीले ट्रङ्क लाइन प्रयोग गरेको स्विकारेको कदापी होइन ।’

उनले पूर्वी नेपालका उद्योगहरू र पञ्चकन्या कोरिडोरका उद्योगको विवाद एउटै नभएको भन्दै यहाँका उद्योगले ट्रङ्क लाइन माग पनि नगरेको र प्रयोग नगरेको दाबी गरे ।

विद्युत प्राधिकरणले माग र प्रयोग गरेको प्रमाण टीओडी मिटर समेत दिन नसकेको साहुको भनाइ छ ।





Read More