― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
Homeराष्ट्रिय समाचारसर्वोच्चको आदेशविपरीत ११ देशका राजदूत फर्काउन सरकारको पुन: पत्राचार – KhabarHost

सर्वोच्चको आदेशविपरीत ११ देशका राजदूत फर्काउन सरकारको पुन: पत्राचार – KhabarHost



१७ कात्तिक, काठमाडौं । सरकारले सर्वोच्च अदालतको आदेश विपरीत ११ देशका राजदूतहरू फिर्ता बोलाउन पुन: पत्राचार गरेको छ ।

सर्वोच्च अदालतले आइतबारमात्रै राजदूत फिर्ताको निर्णय रोक्न अन्तरिम आदेश जारी गरेको थियो । तर, परराष्ट्र मन्त्रालयले सोमबार पत्र पठाउँदै ११ वटै देशका राजदूतहरूलाई फर्कन भनेको हो ।

११ वटै देशका राजदूतहरूलाई पुन: पत्र पठाइसकिएको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले जानकारी दिए । उनीहरूलाई परराष्ट्र मन्त्रालय मातहत नै रहनेगरी काम हाजिर हुन आउन पत्राचार गरिएको हो । मन्त्रालयको नयाँ पत्रले सरकार सर्वोच्चको आदेशको बिरुद्धमा गएको देखिएको छ ।

गत ३० असोजमा बसेको मन्त्रिपरिषद् बैठकले २० कात्तिकभित्र राजनीतिक नियुक्ति लिएका राजदूतहरूलाई फिर्ता आउन निर्देशन दिएको थियो ।

सरकारको यो निर्णय कानुनसम्मत नभएको दाबीसहित सर्वोच्च अदालतमा रिट निवेदन दर्ता भयो ।

यो मुद्दाको प्रारम्भिक सुनुवाइपछि नै सर्वोच्च अदालतका न्यायाधीशद्वय शारंगा सुवेदी र श्रीकान्त पौडेलको इजलासले निर्णय कार्यान्वयन नगर्नू भनी अल्पकालीन अन्तरिम आदेश जारी गरिदियो ।

१४ साउन, २०८१ मा तत्कालीन केपी शर्मा ओली सरकारले अष्ट्रेलियालगायत १७ मुलुकमा राजदूत नियुक्ति गरेको थियो । तीमध्ये ६ जनालाई भने यथावत् राखिएको थियो ।

सामान्यतया विभिन्न मुलुकमा सरकारको प्रतिनिधि भएर काम गर्ने राजदूतहरूको परिचालन र फिर्तालाई सरकारको विशेषाधिकार समेत मानिन्छ ।

उनीहरूलाई जुनसुकै बेला पनि सरकारले फिर्ता बोलाउन सक्ने मान्यता पनि छ ।

तर, चुनाव गर्ने म्याण्डेटसहित निर्माण भएको अन्तरिम सरकारले विधि र प्रकृया विनै छानी छानी राजदूत फिर्ता बोलाएको भन्दै सर्वोच्चले कार्यन्व्यन नगर्न भनेको थियो ।
सर्वोच्चको आदेशमा संसदीय सुनुवाई हन नसक्ने हुँदा तत्काल राजदूत नियुक्तिको सम्भावना नभएको भन्दै राजदूत फिर्ताको निर्णय रोक्न अन्तरिम आदेश दिएको थियो । सरकारको आदेशपछि सम्बन्धित देशमा बिदाई भेट गरी सकेका र टिकट काटेका राजदूतहरु सर्वोच्चको आदेशले अलमलमा परेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More