― Advertisement ―

‘औद्योगिक-स्केल स्क्याम अपरेसनहरू’: विश्वव्यापी आपराधिक संगठनले मासिक 35+ सरकारी एजेन्सीहरूलाई लक्षित गर्ने विशाल मालवेयर-ए-ए-सर्भिस हाइड्राको पछाडि एशियामा दास कम्पाउन्डहरू सञ्चालन गर्दछ।

Luabloxo मा जानकारी प्राप्त गर्नुहोस् प्लेटफर्मनक्कली डोमेनहरूले KYC डाटा काट्छन्, एसएमएस रोक्छन्, बैंक खाताहरू निकाल्छन्कम्बोडियन घोटाला कम्पाउन्डमा कैद गरिएका कामदारहरू कुलीन वर्गसँग बाँधिएका छन्मालवेयर...
HomeLatest news‘पवित्र तुलसी’को वैज्ञानिक उपयोगिता – KhabarHost

‘पवित्र तुलसी’को वैज्ञानिक उपयोगिता – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • तुलसीलाई हिन्दुहरूले भगवान विष्णुको रूपमा पुज्ने र असार शुक्ल एकादशीमा रोपेर कार्तिक शुक्ल एकादशीमा विवाह गराउने प्रचलन छ।
  • तुलसीमा पाइने कोमारिनले क्यान्सर, रिउमाटिक आर्थाटियस र दमजस्ता रोगमा एन्टि इन्फ्लामेटोरी र क्यान्सर प्रतिरोधी काम गर्छ।
  • तुलसी वनस्पति हावामा रहेका विषाक्त ग्यास अवशोषित गरी अक्सिजन उत्सर्जन गर्ने र आयुर्वेदमा ‘वनस्पतिहरूको रानी’ मानिन्छ।

तुलसीलाई हिन्दुहरूले भगवान विष्णुको रूपमा पुज्ने गर्छन् । असार शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीको दिन तुलसी रोप्ने र कार्तिक शुक्ल एकादशी अर्थात हरिबोधिनी एकादशीको दिन विशेष पूजा गरी तुलसीको विवाह गरिदिने प्रचलन छ ।

क्रिष्टियनहरूले तुलसीलाई लामो समयदेखि पवित्र क्रसको उच्चताको पर्वसँग जोड्ने गरेका छन् ।

तुलसीले शरीरसहित मन र आत्मालाई शुद्ध पार्ने विश्वास गरिन्छ । विष्णु भगवानलाई पात अर्पण गर्नाले जीवनभर कर्म शुद्ध हुन्छ भनिन्छ । सुन वा अन्य बहुमुल्य रत्नहरू भन्दा प्रिय मानिन्छ । नकारात्मक ऊर्जा र खराब प्रभावहरूबाट जोगाउने विश्वास पनि छ । जहाँ तुलसी उम्रिन्छ त्यहाँको भूमि पवित्र हुन्छ भन्ने कुरा स्कन्द, पद्म र गरुड पुराणहरूमा उल्लेख गरिएको छ ।

तुलसी एक देखि दुई फिट सम्म अग्ला हुन्छन् । पातहरू हरियो वा वैजनी रंङ हुन्छन् । डाँठहरूमा हल्का रौं हुन्छन् । तुलसी दुई प्रकारका छन् । एउटा राम र अर्को कृष्ण । राम हरियो हुन्छ भने कृष्ण बैजनी रङको हुन्छ ।

आयुर्वेद विज्ञानमा यसलाई वनस्पतिहरूको रानीको रूपमा लिएको छ । यसले हावामा रहेका विशाक्त ग्यासहरू अवशोषित गर्छ । अक्सिजन ग्यास उत्सर्जन गर्छ । अंग्रेजीमा यसलाइ ‘होली वेसिल’ भनिन्छ जसको अर्थ हो- अरूसँग दाँज्न नमिल्ने । यसलाई एन्टिमाइक्रोवियल एजेन्ट, एन्टिपाइरेटिक र इम्युनोस्टिमुलेटरको रूपमा प्रयोग हुन्छ ।

एन्थोसाइनिन, फ्लेभोन, सी ग्लाइकोसिल्फेभोन, फ्लेभोनोल, आइसाफ्लेभोन, फ्लेभोनोइड्स, कुमारिन र फेनोलिक एसिडहरू पनि तुलसीमा पाइन्छ । ट्यानिन, युजेनोल, क्यारीयोफीलिन, कारभाक्रोल, लिनालोल, क्यामफोर, सिनामाइल एसिटेट र तुलसीनोल ए जे जस्ता महत्वपूर्ण तत्वहरू पनि पाइन्छन् ।

सुगन्धित तेलहरूमा कपुर, युक्यालिप्टोल, विसावोलिन, युजेनोल, जर्माक्रेन र विटा विसावोलिनहरू हुन्छन् ।

यी तत्वहरू भएका कारण यो वनस्पति एन्टिक्यान्सर, एन्टिअक्सिडेन्ट, एन्टि इन्फलामेटरी तथा तनाव र सुगर रोगमा प्रयोग भएको पाइन्छ ।

तुलसीमा क्यान्सर प्रतिरोधीको रूपमा कोमारिन रहेको छ । यो प्रोस्टेट क्यान्सर, मिर्गौलाको क्यान्सर र रक्त क्यान्सरको उपचारका लागि प्रयोग हुन्छ । यसमा रेडियोथेरापी गर्दा हुने साइड इफेक्टको प्रतिरोध गर्ने क्षमता पनि हुन्छ ।

कोमारिनले एन्टि इन्फ्लामेटोरीको काम पनि गर्दछ । यसले रिउमाटिक आर्थाटियस, दम र आन्द्राको रोगमा पनि प्रयोग गरेको पाइन्छ । एन्टिअक्सिडेन्ट र एन्टिव्याक्टेरियलको रूपमा पनि प्रयोग गरेको पाइन्छ ।

एन्थोसाइनिन एउटा महत्वपुर्ण तत्व हो, जुन वनस्पतिहरूमा पाइन्छ । यसले वनस्पतिमा हुने विभिन्न प्रकारको रङ प्रदान गर्छ । यिनीहरू फेनोलिक समूहमा पर्दछन् । यो पानीमा घुल्न सक्ने घुलनशील कणहरूको समिश्रण हो ।

रातो, वैजनी र निलो रङका लागि महत्वपूर्ण हुन्छ एन्थोसाइनिन । तुलसीमा भएको वैजनी रङ यसैको कारणले भएको हो । सी ग्लाइकोसिलफ्लाभोन एन्थोसाइनिनमा भएको निलो रङ प्राकृतिक हो ।

फ्लाभोनोइडहरूले मानव शरीरमा अक्सिडेशन रोक्ने काम गर्दछ । जिन म्युटेशनलाइ रोक्ने काम गर्छ । त्यस्तै क्यान्सर विकासको क्रमलाइ अवरुद्व गर्छ । कोषहरूमा हुने रासायनिक प्रतिकृयालाई उत्तेजित गर्ने प्रोटिनलाई नियमन गर्न मद्दत गर्छ । यसले रक्तचापलाई पनि कम गर्न मद्दत गर्छ ।

यसले अक्सिडेशन कम गराएर एल डि एल कोलेस्टेरोल घटाउन मद्दत गर्छ र लिपिड प्रोफाइल सुधार गर्ने काम गर्छ । यसले हृदयरोगको जोखिम कम गर्छ । रक्तनली खुलाउने काम गरी रक्तनलीको भित्री भागको कोषिकाको मृत्यु प्रकृयालाई नियमन पनि गर्छ । पार्किन्सन तथा एल्जाइमर रोगलाई घटाउने काम पनि गर्छ । नसाको दुखाइलाई पनि महत्वपूर्ण छ ।

फ्लाभोनोईडहरूले विटा सेलको प्रशारलाई सुधार गर्छ, जुन प्यान्क्रियाजमा हुन्छ । यसले इन्सिुलिन बनाउन मद्दत गर्छ । साथै कोषको मृत्युलाई कम गर्ने काम गर्छ । कलेजोमा ग्लुकोज मेटावोलिज्मलाई नियमन गरेर हाइपरग्लाइसेमिया हुनबाट जोगाउने काम गर्छ ।

क्यान्सर प्रतिरोधी काम पनि गर्छ । डि एन ए र ठूला मोलिकुलहरूलाई जोगाउन फ्रि र्‍याडिकलहरू कम गराउने काम पनि गर्छ । फ्लाभोनोइडहरू एन्टि भाइरल पनि हो । एन्टि इन्फ्लामेटोरी र फ्रि राडिकलसँग लड्न सक्ने गुण भएको कारण फ्लाभोनोइडहरूले मस्तिष्क कोषिकाहरूलाई पनि सुरक्षा प्रदान गर्छ ।

थाई खानामा तुलसीका पातहरू प्रशस्त रूपमा प्रयोग भएको पाइन्छ । थाई भाषामा तुलसीको पातलाई ‘काफ्राओ’ भनिन्छ । समुद्री खाना, भात आदिमा यसको प्रयोग गरिन्छ । रातो र सेतो दुई प्रकारको तुलसी यहाँ पाइन्छ ।

मिनाङ्काबाउ र इन्डोनेसियाली भाषामा तुलसीलाई ‘रुकुरुकु’ भनिन्छ । उनीहरूको खाना, माछा, मासु तथा अन्य परिकारहरूमा स्वादका लागि तुलसीको प्रयोग भएको पाइन्छ ।

अन्न भण्डारणको समयमा लाग्ने कीरा फट्याँग्रा भगाउनका लागि पनि यसको प्रयोग भएको पाइन्छ । निमाटोसाइडलको रूपमा पनि प्रयोग हुन्छ । यसरी वैदिक कालदेखि विभिन्न प्रयोजनका लागि प्रयोग हुदै आएको तुलसी बहुगुणी वनस्पति हो ।

पारम्परिक ज्ञान कतिको महत्व छ भन्ने कुरा विभिन्न समयमा र धेरै विश्वविद्यालयमा भएका अनुसन्धानहरूले पुष्टी गर्छ । तुलसी सहित धेरै वनस्पतिहरूमा अनुसन्धानहरू भइरहेका छन् । परम्परागत ज्ञानकै कसीमा यी अध्ययनहरू सफल भएका छन् ।

चिनियाँ वैज्ञानिक युयुले ले मलेरियाको औषधिका लागि तितेपाती छानेका थिए । तितेपाती चीनमा पनि परम्परागत रूपमा प्रयोग गर्दै आएका थिए । उनले यसबाट आर्टिमेसिन भन्ने तत्व पत्ता लगाए, जसले विश्वमा मलेरिया विरुद्धको औषधिका लागि नयाँ फड्को नै मारेको थियो । यसबाट यु युले नोबेल पुरस्कार समेत प्राप्त गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More