― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
HomeLatest newsकर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित – KhabarHost

कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित – KhabarHost


राष्ट्रिय

समाचार.

  • कर्णाली प्रदेशमा पाँच वर्षमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना एचआईभी संक्रमित भेटिएका छन्।
  • आर्थिक वर्ष ०७७/०७८ देखि ०८१/०८२ सम्म विभिन्न वर्षमा परीक्षण गरिएका मध्ये ३० देखि ९७ जना एचआईभी संक्रमित भेटिएका छन्।
  • प्रदेश स्वास्थ्य सेवा निर्देशनालयका अनुसार अधिकांश संक्रमितहरू बसाइँसराइँ गरेर आएका व्यक्तिहरू हुन् र विभिन्न अस्पताल तथा स्वास्थ्यचौकीमा उपचार भइरहेको छ।

१७ कात्तिक, हुम्ला ।  कर्णाली प्रदेशमा ७३१ जना एचआईभी संक्रमित भएको पाइएको छ । ५ वर्षको अवधिमा ५२ हजार ३२९ जनामा परीक्षण गर्दा ७३१ जना संक्रमित भेटिएको सरकारी तथ्याक छ ।

आर्थिक वर्ष ०७७/०७८ मा १ हजार ४९७ जनालाई जाँच गर्दा ३० जना एचआईभी सक्रमित भेटिएका छन् भने ०७८/०७९ मा १२ हजार ९० जनालाई जाँच गर्दा ७० जना एचआईभी संक्रमित भेटिए ।

यस्तै ०७९/८० मा १७ हजार २४९ जनामध्येलाई जाँच गर्दा ९७ जना एचआईभी संक्रमित देखिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ ।

यस्तै गरी आर्थिक वर्ष ०८०/०८१ मा १७ हजार ९८५ र ०८१/०८२ मा ३ हजार ५०८ जनालाई जाँच गर्दा ३९ जना संक्रमित भेटिएको प्रदेश स्वास्थ्य सेवा निर्देशनालय सुर्खेतका एचआईभी र टीभीका फोकल पर्सन अधिकृत पदम केसीले जानकारी दिए ।

उनका अनुसार अधिकांश बसाइँसराइँ गरेर आएका व्यक्तिमा एचआईभीको संक्रमण देखिएको छ ।

प्रादेशिक अस्पताल सुर्खेत,  दैलेख,  सल्यान, कालिकोट, रुकुम पश्चिमका जिल्ला अस्पताल,  राकम कर्णाली, आधारभुत साल्कोट सामुदायिक प्राथमिक स्वास्थ्यचौकी, मेहेलकुना दुल्लु लगायतका स्वास्थ्यचौकी र अस्पतालहरूमा एचआईभी संक्रमितहरूको उपचार भइरहेको प्रदेश स्वास्थ्य सेवा निर्देनालयका एचआईभी टीभी फोकल पर्सन पदम केसीले बताए ।

विभिन्न ठाउँबाट बसाइँसराइँ गरेर आएको हकमा स्वास्थ्य परीक्षण गर्दा एचआईभी संक्रमित बिरामी फेला परेको बताए ।





Read More