― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeराष्ट्रिय समाचारप्रचण्डले फेरि छोडे माओवाद – KhabarHost

प्रचण्डले फेरि छोडे माओवाद – KhabarHost



१७ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीसहितका दलहरुसँग एकता सहमति गर्दा नेकपा माओवादी केन्द्रले आफ्नो मार्गनिर्देशक सिद्धान्त माओवाद छोडेको छ ।

पुष्पकमल दाहाल प्रचण्ड, माधवकुमार नेपालसहित ८ दलका अध्यक्ष एवं संयोजकले हस्ताक्षर गरेको एकता सहमतिपत्रको पहिलो बुँदामै मार्गनिर्देशक सिद्धान्तबारे उल्लेख छ, जहाँ नयाँ पार्टीको सिद्धान्त ‘मार्क्सवाद-लेनिनवाद’ हुने भनिएको छ ।

नेताहरूका अनुसार एकतामा सहमति जनाएका दलहरुले यसअघि मान्दै आएको सिद्धान्त भने छोडिनेछ । ‘सिद्धान्त सहितका तमाम विषयमा पछिल्लो एक वर्षदेखि सघन छलफल गर्दै आएका थियौं’, एकता प्रक्रियामा महत्वपूर्ण भूमिका खेलेका नेता वेदुराम भुसाल भन्छन्, ‘लामै छलफल पछि मार्क्सवाद-लेनिनवाद मानेर जान तयार भएका हौं ।’

माओवादीले माओवाद छोड्दा अरूले त्यागेको सिद्धान्त बुझ्न उनीहरुको पृष्ठभूमिसम्म जानुपर्ने हुन्छ । एकता सहमति गरेका सबै दल र नेता कम्युनिष्ट पृष्ठभूमिकै हुन् । तसर्थ कम्युनिष्ट पार्टी र मार्क्सवादी सिद्धान्त उनीहरुको साझा र आधारभूत मान्यता हो ।

तर, पार्टी विभाजन हुने समस्याले अनेक विचारधारालाई आदर्श मान्ने अभ्यास नेपालमा पनि भयो । एमाले र माओवादी धार बलियोगरी विकसित भयो ।

२०४६ सालको परिवर्तनसँगै एमाले धारले ‘माओ विचारधारा’ त्याग्दै समयान्तरमा जनताको बहुदलीय जनवाद (जबज) लाई मार्गदर्शक सिद्धान्त मान्न पुग्यो । शान्तिपूर्ण संघर्षबाटै जनवादी सत्ता स्थापना गर्न सकिन्छ भन्दै आमचुनावमा भाग लिने र संसद-सत्ताको राजनीति गर्न थाल्यो ।

कम्युनिष्टहरुको अर्को धारले भने २०४८ सालको चितवन महाधिवेशनबाट ‘माओवाद’लाई सिद्धान्त मान्ने निष्कर्ष निकाल्यो । यो धार माओेवादी नामै राखेर १ फागुन २०५२ सालदेखि सशस्त्र विद्रोहमा होमियो । दश वर्ष सशस्त्र संघर्ष गर्दै मुलुकको शक्तिशाली पार्टी बन्न आइपुग्यो ।

यिनै दुई धारबाट विकसित र विभाजित हुँदै आएका दलहरुबीच एकता सहमति भएको छ । र, बहुमत संख्या एमाले पृष्ठभूमिका छन् ।

एकता प्रक्रियामा आएका दलका नेताहरु

एकतामा हस्ताक्षर गर्ने राजु कार्की, सुवासराज काफ्ले, महिन्द्र राय यादव, माधव नेपाल र प्रेमबहादुर सिंह एमाले पृष्ठभूमिका नेता हुन् ।

नेकपा समाजवादीका अध्यक्ष रहेका राजु कार्कीलाई चिन्न एमाले निर्माणको इतिहासतर्फ फर्कनुपर्ने हुन्छ । २०४७ सालमा तत्कालीन माले र मार्क्सवादी बीच एकता भएर एमाले बन्यो । मार्क्सवादीका मनमोहन अधिकारीलाई अध्यक्ष र मालेका नेता मदन भण्डारीलाई महासचिव मानेर एमाले बनाउने प्रक्रियामा केही नेताहरुको असन्तुष्टि थियो ।

जसमा मार्क्सवादीका नेता प्रभुनारायण चौधरी लगायत थिए । राजु कार्की त्यही असहमत समूहका विद्यार्थी नेता थिए । कार्कीले केही समय अघि मात्रै निर्वाचन आयोगमा नेकपा समाजवादी दर्ता गरेका थिए । यो पार्टी नामको खोजी गर्दा उनी एकता प्रक्रियामा सामेल भएका हुन् ।

एकतामा सामेल अर्को घटक जनसमाजवादी पार्टी, नेपालका अध्यक्ष सुवासराज काफ्ले पनि एमाले पृष्ठभूमिकै नेता हुन् । २०५४ सालमा एमाले विभाजन हुँदा वामदेव गौतमको नेतृत्वमा आधा हिस्साले माले गठन गरेका थिए ।

पछि वामदेवले लगभग सिंगो पार्टी एमालेमै फर्काए । तर सीपी मैनालीले एउटा सानो समूहको नेतृत्व गरेर बसे । त्यही समूहभित्र पनि जगत बोगटी पक्षधरले बहुमत जुटाएर पार्टीको संस्थापन बन्दा चुनाव चिह्न तारा पनि लियो । अहिले त्यो चुनाव चिह्न तारा रहेको पार्टीको नेतृत्व काफ्लेले गरिरहेका थिए । २०५६ सालमा मालेले प्रयोग गरेको चुनाव चिह्न ताराकै कारण काफ्ले एकता प्रक्रियामा सहभागी छन् ।

अर्का नेता महिन्द्रराय यादव पनि एमाले पृष्ठभूमिकै नेता हुन् । २०६४ सालको मधेश आन्दोलनसँगै उनी एमालेबाट अलग भएर मधेशवादी नेता बन्न पुगेका थिए । यो अवधिमा मधेश केन्द्रित राजनीति गर्दा अनेक समूहमा आवद्ध भए ।

पछिल्लो समय उनी डा.बाबुराम भट्टराईसँग थिए । र, भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी फुटाएर प्रचण्ड नजिक रहँदै आएका थिए ।

प्रेमबहादुर सिंह त भर्खरसम्म एमालेमै थिए । नेमकिपासँग जोडिएका सिंहले एमालेमा रहेर लामै राजनीति गरे । आफ्नै नेतृत्वमा पनि दल बनाए । तर पछि एमालेमै मिसिएका थिए । अहिले एमालेबाट अलग हुँदै यो एकता प्रक्रियामा भाग लिएका छन् ।

एमालेका संस्थापक नेता रहेका माधव नेपाल भने २०७८ भदौपछि एकीकृत समाजवादीका अध्यक्ष बने । अर्का पूर्वप्रधानमन्त्री एवं एमालेका संस्थापक झलनाथ खनाल सहितका नेताहरुले बनाएको एकीकृत समाजवादी यो एकता प्रक्रियाको महत्वपूर्ण शक्ति हो ।

अर्थात् यो धारका सबै दल र नेताहरुको पृष्ठभूमि जबज हो । अझ माधव नेपाल र उनी निकट कतिपय नेताहरु त जबजका कट्टर पक्षधर हुन् । गत वर्ष असारमा एकीकृत समाजवादीका दशौं राष्ट्रिय महाधिवेशन हुँदा राजेन्द्र राई लगायत नेताहरुले जबज छोड्न नहुने प्रस्ताव ल्याएका थिए ।

तर झलनाथ खनालको बलियो अडानका कारण एकीकृत समाजवादीले ‘वैज्ञानिक समाजवाद’लाई कार्यक्रम बनाएर जाने र मार्गदशक सिद्धान्त ‘मार्क्सवाद–लेनिनवाद’ मान्ने निर्णय लियो । यद्यपि जबज छोडेको घोषणा सहितको दस्तावेज प्रकाशित नगरेर माधव नेपालले पार्टीलाई अलमलमा राखेको खनालले सार्वजनिक अभिव्यक्ति दिदै आएका छन् ।

यही महाधिवेशनको निर्णयलाई आधार मान्दा माओवादी सहित घटकहरुको एकतामा एकीकृत समाजवादीले अपनाएको सिद्धान्तमा सहमति भयो भन्न पनि सकिन्छ ।

माओवादी र यसबाट अलगका दलहरुले भने आफ्नो मार्गनिर्देशक सिद्धान्त यो एकता प्रक्रियामा छोडेका छन् । माओवादी शान्ति प्रक्रियामा आएपछि विभाजित हुँदै अलग–अलग समूहको नेतृत्व गर्न पुगेका नेकपाका महासचिव चिरन पुन र नेकपा (माओवादी समाजवादी) का अध्यक्ष कर्णजित बुढाथोकीहरुको पृष्ठभूमि ‘माओवाद’ हो ।

अझ प्रचण्ड नेतृत्वको माओवादी संसदीय खेलमा अल्मलिएको आरोप लगाउँदै कट्टर ‘माओवाद’ को वकालत सहित फुटेका धारतिरै पुन र बुढाथोकीहरु लागेका थिए ।

देव गुरुङ भन्छन्- माओवाद स्वत: छलफलमा आउँछ

माओवादी केन्द्रका नेता देव गुरूङ भने ‘माओवाद’ छोडेको भन्ने निष्कर्षमा पुग्न नहुने तर्क गर्छन् । ‘२०७५ सालमा एमालेसँग मिल्दा जस्तो सहमति भएको हो, अहिले त्यस्तै भएको छ,’ उनी भन्छन्, ‘हाम्रो मार्गनिर्देशक सिद्धान्त माओवाद छोड्ने कुरा हुँदैन । स्वत: छलफलमा आउँछ ।’

सहमतिपत्रको १८ नम्बर बुँदामा यसबारे उल्लेख भएको गुरूङ बताउँछन् । ‘वैचारिक राजनीतिक विषयमा एकआपसमा रहन सक्ने मतहरुबारे निरन्तर छलफल गर्दै जाने र एकता राष्ट्रिय महाधिवेशनबाट निष्कर्षमा पुर्‍याइनेछ,’ यो बुँदामा भनिएको छ ।

यसको अर्थ नेताहरुले चाहेमा ‘माओवाद’ बारे महाधिवेशनमा कुरा उठाउन सक्छन्, छलफल गर्न सक्छन् । तर मतदान नहुने भएकाले सहमतिमा फेरि पनि ‘माओवाद’ फर्काउने सजिलो छैन । ‘एकता महाधिवेशनमा सिद्धान्तमा मात्र होइन, नमिलेका अरू विषयमा पनि सहमतिबाटै निष्कर्षमा पुग्ने सहमति छ,’ एकीकृत समाजवादीका नेता भुसाल भन्छन् ।

विगतका पृष्ठभूमि हेर्दा पनि स्थगित भएको सिद्धान्त फेरि फर्काएको नजीर छैन । २०६५ पुसमा नारायणकाजी श्रेष्ठ नेतृत्वको पार्टीसँग एकता गर्दा माओवादीले मानिरहेको ‘प्रचण्डपथ’ स्थगित गर्ने निर्णय भएको थियो ।

त्यसपछि २०७५ मा एमालेसँग एकता गर्न ‘माओवाद’ नै छोड्न पुगेको माओवादीले अहिलेसम्म ‘प्रचण्डपथ’ बारे छलफल गरेको छैन । ‘कसैले चाहेमा प्रचण्डपथमा छलफल हुन सक्छ, तर त्यस्तो भएको छैन,’ माओवादी नेता गुरूङ भन्छन् ।

एमाले र माओवादीको एकतामा सिद्धान्तको एजेण्डा त एकप्रकारले भद्रगोल नै थियो । पहिले एकता घोषणा अनि पदीय संघर्षमा अल्मलिदै विभाजित हुन पुगेको थियो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More