― Advertisement ―

ओरेकलका सह-संस्थापक ल्यारी एलिसनद्वारा दिनको उद्धरण: “नागरिकहरू तिनीहरूको उत्कृष्ट व्यवहारमा हुनेछन्, किनकि हामी निरन्तर रूपमा भइरहेको सबै कुरा रेकर्ड र रिपोर्ट गर्दैछौं” – गोपनीयताको...

Oracle का सह-संस्थापक, क्लाउड जायन्टको CTO को रूपमा सेवा गर्ने ल्यारी एलिसन दशकौंदेखि प्राविधिक उद्योगको फर्निचरको हिस्सा बनेका छन्। अगाडि हेर्दै, उसले एआई, ड्रोन...
Homeराष्ट्रिय समाचारअफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, जनधनको क्षति

अफगानिस्तानमा ६.३ म्याग्निच्युडको भूकम्प, जनधनको क्षति



१७ कात्तिक, काठमाडौ । अफगानिस्ताको उत्तरी क्षेत्रमा शक्तिशाली भूकम्प गएको छ । भूकम्पबाट कम्तिमा आठ जनाको मृत्यु भएको छ ।

घाइतेहरु धेरै रहेका र कतिपयको अवस्था चिन्ताजनक भएकाले मृतकको संख्या बढ्ने आशंका छ ।

अधिकारीहरुका अनुसार भूकम्प प्रभावित क्षेत्रमा खोज, उद्धारको काम जारी छ ।

बीबीसीका अनुसार सोमबार राति करिब १ बजे मजार-ए-शरीफ भन्ने स्थानका केन्द्रविन्दु भएर ६.३ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पबाट अग्ला बिल्डिङहरु पनि ढलेका छन् ।

अफगानिस्तानको स्वास्थ्य विभागका प्रवक्ता समिन जुयन्दाले भूकम्पमा परी ८ जनाको मृत्यु भएको र १८० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको बताएका छन् ।

तालिबान सरकारका प्रवक्ता हाजी जैदले भूकम्पबाट बाल्ख प्रान्तको शोलगरा जिल्लामा बढी क्षति पुगेको बताएका छन् ।





Read More