― Advertisement ―

रोयल नेवी स्पेशल फोर्स ड्रोनहरूले चुपचाप गोप्य हृदयघात संकेतहरू सीधा बेइजिङमा धेरै महिनाहरू पठाउँदै समातेका थिए।

चीनका नौसेनाका लागि धेरै गोप्य हस्ताक्षरहरू पठाइयो महिनाहरूक्रेकेनले आफ्नै ड्रोन प्लेटफर्ममा विश्वास गुमाएको स्वीकार गर्दछचिनियाँ निर्मित क्यामेराका भागहरू उचित उत्पत्ति जाँच बिना फिट गरिएको...
Homeराष्ट्रिय समाचारमाओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर

माओवादी-समाजवादीसहित आठ दलले गरे एकताको सहमतिपत्रमा हस्ताक्षर



१६ कात्तिक, काठमाडौं । नेकपा माओवादी, नेकपा एकीकृत समाजवादीसहित विभिन्न ८ वटा कम्युनिष्ट पार्टीहरूले एकता गर्ने सहमति गरेका छन् ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा भएको छलफलपछि आठ वटा राजनीतिक दलले एकताको सहमतिपत्रमा हस्ताक्षर गरेका छन् ।

सहमतिपत्रमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनसमाजवादी पार्टी नेपालका अध्यक्ष सुवासराज काफ्ले, नेपाल समाजवादी पार्टीका अध्यक्ष महेन्द्रराय यादव, नेकपा महासचिव चिरन पुन, नेकपा समाजवादीका अध्यक्ष राजु कार्की, ने.क.पा. माओवादी समाजवादीका अध्यक्ष कर्णजित बुढाथोकी र ने.क.पा साम्यवादीका अध्यक्ष प्रेमबहादुर सिंहले हस्ताक्षर गरेका छन् ।

एकीकृत समाजवादीको केन्द्रीय समितिको बैठकले शुक्रबार मात्रै माओवादी केन्द्रसहितका दलहरूसँग एकता गर्ने निर्णय गरेको थियो ।

माओवादी केन्द्रले पनि एकीकृत समाजवादीसहितका कम्युनिष्टहरूसँग एकता गर्ने निर्णय शनिबार गरेको थियो ।

 

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More