― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
Homeराष्ट्रिय समाचारनिकोलस भूसाललाई रुपन्देही प्रवेशमा रोक लगाउन एमालेनिकट युवा संघको चेतावनी

निकोलस भूसाललाई रुपन्देही प्रवेशमा रोक लगाउन एमालेनिकट युवा संघको चेतावनी



१६ कात्तिक, बुटवल । नेकपा एमालेको भ्रातृ संगठन युवा संघ नेपाल, रुपन्देहीले समाजमा हिंसा भड्काउने अभिव्यक्ति दिँदै हिँडेको भन्दै डा. कमल भूसाल (निकोलस) लाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेको छ । भूसालले एमाले अध्यक्ष केपी शर्मा ओलीलगायत विभिन्न नेताहरूको घर जलाउने र घेरा हाल्ने जस्ता हिंसात्मक अभिव्यक्ति दिँदै आएको भन्दै युवा संघले कारबाहीको माग गरेको हो ।

आइतबार बसेको संघको बैठकले भुसाललाई तत्काल पक्राउ गरी आत्मालोचनासहित कडा कारबाही नगरेसम्म रुपन्देही प्रवेशमा रोक लगाउने निर्णय गरेको अध्यक्ष कृष्ण कुमालले जानकारी दिए ।

रुपन्देहीको सैनामैना घरमा भएका भूसाललाई प्रहरीले कारबाही नगरे युवा संघले गर्ने कुमालले चेतावनी दिए ।

देशमा विखण्डनकारी, समाज भड्काउने, अराजकता सृजना गर्ने, समाजलाई भड्काउने स्टाटस लेख्नेहरू कानूनी दायरामा आउनुपर्ने युवा संघका रुपन्देही इन्चार्ज केशव रोक्काले बताए ।

प्रहरीले उनका गतिविधिलाई निगरानीमा राखेको छ ।





Read More