― Advertisement ―

‘फ्लेमिङ चाइना’ ह्याकरले चीनको नेशनल सुपरकम्प्युटिङ सेन्टरबाट १० पेटाबाइट उन्नत सैन्य डाटा चोरेको दाबी गरेको छ जुन सम्भवतः अहिलेसम्मकै सबैभन्दा ठूलो ह्याक हो।

'FlamingChina' claimes 10PB of data was stolen from the सुपर कम्प्यूटरसुपर कम्प्यूटर धेरै सैन्य र नागरिक निकायहरु द्वारा प्रयोग गरिएको थियोडेटा को नमूनाहरु विमान,...
Homeराष्ट्रिय समाचारहिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास

हिमपातपछि तिलिचो र थोराङ्लाको बाटो खुलाउने प्रयास


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मनाङमा लगातार हिमपातका कारण तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्रा प्रभावित भएको छ।
  • जिल्ला प्रशासन, स्थानीय तह र पर्यटन व्यवसायीले संयुक्त रुपमा बाटो खुलाउने प्रयास गरिरहेका छन् भने पथप्रदर्शकबिना माथिल्लो क्षेत्रतर्फ जान रोक लगाइएको छ।
  • हिमपातपछि जोखिमलाई मध्यनजर गर्दै एक सातासम्म पदयात्रामा रोक लगाइएको थियो, अहिले मौसम खुल्दै गएपछि यात्रा खुला गरिएको छ।

१६ कात्तिक, मनाङ। लगातारको हिमपातका कारण यतिबेला मनाङको जनजीवन प्रभावित भएको छ । पर्यटकीय याममा तिलिचो ताल, थोराङ्ला भञ्ज्याङ, लार्के पास तथा मनास्लु पदयात्राका लागि जानेहरुको तालिका बिग्रिएको छ ।

हिउँले पदमार्ग पुरिएपछि यात्रा अघि बढाउन मुस्किल छ । यात्रा सहज बनाउने उद्देश्यले मनाङ जिल्ला प्रशासन, स्थानीय तह, अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाई (एक्याप) मनाङ, पर्यटन व्यवसायीको संयुक्त सहमतिमा बाटो खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी नवराज पौड्यालले जानकारी दिए ।

उनले भने, ‘हिमपात भएपछि यात्रा प्रभावित भएको छ, बाटो खुलाउने प्रयास भइरहेको छ।’ अहिले मौसम खुल्दै गएकाले पथपदर्शक भएका पर्यटकलाई तिलिचोको बाटो बनाउँदै जान दिने निर्णय भएको उनले बताए ।

‘पथपदर्शकबिना आएका पर्यटकलाई माथिल्लो क्षेत्रतर्फ जान रोक लगाइएको छ’, प्रमुख जिल्ला अधिकारी पौड्यालले भने, ‘हिमपातपछि माथिल्लो क्षेत्रसँग सञ्चार हुन मुस्किल छ । जोखिमलाई मध्यनजर गरी पथपदर्शकबिना पदयात्रा रोक लगाइएको छ।’

हिमपात भएपछि यात्रा प्रभावित भएको छ, बाटो खुलाउने प्रयास भइरहेको छ।पथपदर्शकबिना आएका पर्यटकलाई माथिल्लो क्षेत्रतर्फ जान रोक लगाइएको छ।-नवराज पौड्याल, सीडीओ, मनाङ

मनाङका साथै मुस्ताङ र गोर्खाको प्रमुख जिल्ला अधिकारीबीच समन्वय गरी पदयात्रालाई निरन्तरता दिन लागिएको उनले जानकारी दिए ।

पर्यटकीय दृष्टिले असोजदेखि मङ्सिर पहिलो सातासम्मलाई अनुकूल मानिन्छ । यतिबेला पदयात्राको मुख्य सिजन चलिरहँदा हिमाली भेगमा परेको भारी हिमपातले रोकिएको पदयात्रालाई निरन्तरता दिन लागिएको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना एकाइ मनाङका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए।

उनले भने, ‘तिलिचो आधार शिविरसम्म बाटो खोलिसकिएको छ । तिलिचो तालसम्म बाटो खुलाउने प्रयास गर्ने तयारी भएको छ । तलबाट पर्यटक माथिल्लो भेगतर्फ लागेका छन् । तर, हिउँ बाक्लो र बाटो पुरिएको छ । खुलाउने प्रयास जारी छ।’

थोराङ्लातर्फ पर्यटक जानेक्रम पनि सुरु भएको उनले बताए। उनले भने, ‘इन्टरनेट तथा सञ्चारको पहुँच राम्रो छैन । माथिल्लो क्षेत्रसँग प्रत्यक्ष रुपमा सम्पर्क गर्न सकिएको छैन। माथिबाट फर्किएका पर्यटक तथा पोर्टरसँग जानकारी लिँदा गइरहेका छन् भन्ने पाइएको छ, थोराङ्लातर्फ आज मात्रै करिब २०० विदेशी पर्यटक हिँडेका छन्।’

पथप्रदर्शक नभएका पर्यटकलाई पथप्रदर्शक भएका पर्यटकको समूहमा मिलेर यात्रा गर्न आग्रह गरिएको एक्याप प्रमुख भुजेलले बताए ।

मनाङ ङिस्याङ गाउँपालिका–९ का वडाध्यक्ष चोल्पा गुरुङले विदेशबाट अन्नपूर्ण पदमार्गमा यात्रा गर्नकै लागि पर्यटक आउने भएकाले सहज बनाउने उद्देश्यले बाटो खुलाउन स्थानीय तह, जिल्ला प्रशासन, सुरक्षा निकाय, पर्यटन व्यवसायीले संयुक्त रुपमा बाटो खुलाउन लागिपरेको बताए।

उनले भने, ‘साहसिक यात्रामा आउने पर्यटकलाई सुरक्षित यात्राको जानकारी दिएर यात्रालाई निरन्तरता दिनुपर्छ । रोकिएका पर्यटकलाई सहज बाटो बनाउनुपर्छ भनेर तिलिचो तालको बाटो खुलाउन लागिएको हो।’

जिल्ला प्रशासनले हिमपात रोकिए पनि हिमपहिरो आउनसक्ने जोखिम रहेको भन्दै एक सातासम्म पदयात्रामा नजान रोक लगाइएको थियो । अन्नपूर्ण संरक्षण क्षेत्रको पदयात्राका लागि आन्तरिक तथा बाह्य पर्यटकको यात्रालाई सहज बनाउन हिउँ पन्छाएर सहज बनेको छ। तर, माथिल्लो क्षेत्रमा हिउँ बाक्लो नै रहेको छ । जोखिमलाई मध्यनजर गर्दै यात्रा गर्न सुझावसहित आजदेखि यात्रा खुला गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

चार हजार मिटर उचाइ अवस्थित तिलिचो आधार शिविर (बेसक्याम्प) बाट तिलिचो पुग्न कम्तीमा पाँच घण्टा लाग्छ । विश्वकै अग्लो स्थान चार हजार ९१९ मिटर उचाइमा तिलिचो ताल अवस्थित छ । पर्यटकले मनाङगाउँबाट तीन दिनमा यात्रा पूरा गर्दछन्।

त्यस्तै मनाङको मनाङ ङिस्याङ गाउँपालिका–८ स्थित पाँच हजार ४१६ मिटर उचाइमा थोराङ्ला भञ्ज्याङ अवस्थित छ । मनाङ र मुस्ताङ सिमाना थोराङ्ला भञ्ज्याङ मनाङगाउँबाट तीन दिनको अवधि पार गर्दछन् । यस पदमार्ग हुँदै थोराङ्ला भञ्ज्याङ पार गरेर सवारीसाधनका माध्यमबाट पर्यटक पोखरा पुग्ने गर्दछन्।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More