― Advertisement ―

बोसबाट एएनसी हेडफोनका राजाहरूले आफ्नो ब्ल्याक फ्राइडे मूल्य $ 199 मा हाले

Id-best-headphonesab> Amazon मा Bose QuietComfort हेडफोन $199 को लागि। QuietComfort हेडफोनहरू शोर-रद्दीकरणमा उत्कृष्ट छन्, तर तिनीहरू एक-ट्रिक पोनीबाट टाढा छन्। उत्कृष्ट ध्वनि गुणस्तर,...
Homeराष्ट्रिय समाचारविघटित केन्द्रीय समितिको बैठक बोलाउने माओवादीको तयारी

विघटित केन्द्रीय समितिको बैठक बोलाउने माओवादीको तयारी



१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रले विघटित केन्द्रीय समितिको बैठक बोलाउने तयारी गरेको छ । नेताहरूका अनुसार, नेकपा एकीकृत समाजवादी सहितका दलहरूसँग एकताको निर्णय अनुमोदन गर्न केन्द्रीय समितिको बैठक बोलाउन लागिएको हो ।

‘यही १७ गते केन्द्रीय समितिको बैठक राख्ने तयारी छ,’ एक नेता भन्छन्, ‘त्यसको एक मात्रै एजेण्डा एकीकृत समाजवादी सहितका दलसँगको एकताको निर्णय अनुमोदन गर्नु रहनेछ ।’

माओवादी केन्द्रको केन्द्रीय समितिको बैठक यसअघि असोजमा बसेको थियो । गत असोज १० गते सम्पन्न केन्द्रीय समितिको बैठकले आगामी मंसिर अन्तिम साता विशेष महाधिवेशन गर्ने निर्णय गरेको थियो । यो निर्णयसँगै केन्द्रीय समिति भंग भएको थियो ।

तर, नेताहरूका अनुसार महाधिवेशनमा पुग्नु अगावै अन्य पार्टीसँग एकता हुने भएकाले अनुमोदनका लागि केन्द्रीय समितिको बैठक राख्न लागिएको हो ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More