― Advertisement ―

कसरी एलियन अटोप्सी स्क्यान्डल अनलाइन हेर्ने – जहाँबाट पनि वृत्तचित्र स्ट्रिम गर्नुहोस्

स्काई डकुमेन्ट्रीहरू द एलियन अटोप्सी स्क्यान्डल को साथमा पहिले भन्दा पहिलेको भन्दा गहिरो डुब्न सेट गरिएको छ। जुन।1995 मा देखा परेको कुख्यात 18-मिनेट भिडियोमा...
Homeअन्तर्राष्ट्रियइजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण – KhabarHost

इजरायलद्वारा दक्षिण लेबनानमा हवाई आक्रमण – KhabarHost



४ कात्तिक, बेरुत । इजरायली लडाकु विमानहरूले सोमबार बिहान दक्षिण लेबनानका विभिन्न स्थानमा हवाई आक्रमण गरेको लेबनान राष्ट्रिय समाचार संस्था (एनएनए) ले जनाएको छ।

प्राप्त जानकारी अनुसार, इजरायली ड्रोनहरू अल-जहरानी क्षेत्रका गाउँ, बेरुत सहर र त्यसका दक्षिणी उपत्यकामा निकै तल्लो उचाइमा व्यापक रूपमा उडान गरिरहेका थिए, जसले स्थानीयवासीहरूमा त्रासको वातावरण सिर्जना गरेको थियो ।

इजरायली सेनाले दक्षिण लेबनानमा रहेको हिज्बुल्लाहको ’आतङ्कवादी संरचना’ लक्षित गरी हमला गरिएको दाबी गरेको छ ।

सेनाका अनुसार, हिज्बुल्लाह फेरि सक्रिय हुन खोज्दैछ, जुन इजरायल-लेबनानबीच भएको समझदारीको खुला उल्लङ्घन हो ।

गत वर्ष नभेम्बर २७ गतेदेखि दुवै पक्षबीच युद्धविराम लागू भए पनि इजरायलले समय-समयमा लेबनानी भूभागमा आक्रमण गर्दै आएको छ ।

साथै, फेब्रुअरी १८ गतेभित्र फौज हटाउने सर्त भएको भए पनि इजरायली सेना अझै पाँचवटा सीमावर्ती स्थानमा तैनाथ रहेको बताइएको छ ।





Read More