― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
HomeLatest newsसुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु – KhabarHost

सुदूरपश्चिम रोयल्सको प्रशिक्षण आजबाट सुरु – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिगका लागि १५ कात्तिकमा काठमाडौं क्रिकेट एकेडेमीमा प्रशिक्षण सुरु गरेको छ।
  • मुख्य प्रशिक्षक जगत टमटाले टिम कम्बिनेसन राम्रो भएको र ‘यो सिजन उपाधि जित्ने कुरामा हामी विश्वस्त छौं’ भने।
  • नेपाल प्रिमियर लिगको दोस्रो संस्करण मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुने छ।

१५ कात्तिक, काठमाडौं । सुदूरपश्चिम रोयल्सले दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) का लागि शनिबारबाट प्रशिक्षण सुरु गरेको छ ।

मुख्य प्रशिक्षक जगत टमटाको नेतृत्वमा टोलीले काठमाडौं क्रिकेट एकेडेमी (केसीए) मा प्रशिक्षण थालेको हो ।

प्रशिक्षणको पहिलो दिन पाँच खेलाडी सहभागी भएका थिए । पहिलो सिजनमा उपाधि नजिक पुगेको सुदूरपश्चिम यसपटक भने उपाधि जित्ने लक्ष्यमा छ ।

मुख्य प्रशिक्षक जगत टमटाले दोस्रो सिजनका लागि टिम कम्बिनेसन राम्रो भएको र उपाधि जित्न आफूहरू विश्वस्त रहेको बताए । ‘यो सिजन उपाधि जित्ने कुरामा हामी विश्वस्त छौं । टिम झनै बलियो छ’ टमटाले भने ।

दोस्रो संस्करणको एनपीएल आगामी मंसिर १ गते देखि २७ गतेसम्म हुनेछ ।

सुदूरपश्चिम रोयल्सको टिमः दीपेन्द्र सिंह ऐरी, आरिफ शेख, बिनोद भण्डारी, विनाश बोहरा, दिपक बोहरा, मिलन बोहरा, हेमन्त धामी, इशान पाण्डे, टेक रावत, नरेन साउद, दिपेन्द्र थापा, स्कट कुग्गेलिजन, क्रिस लिन

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More