― Advertisement ―

‘मानिसहरू सिद्ध छैनन्, र सबैलाई यो थाहा छ’: सुरक्षा विशेषज्ञहरूले अझै पनि मानिसहरूलाई उनीहरूको व्यवसायको लागि सबैभन्दा ठूलो खतराको रूपमा हेर्छन्

अनलाइन उद्योगको लागि मानव सुरक्षाको सबैभन्दा ठूलो चुनौती रहन्छ। नेताहरू68% सुरक्षा पेशेवरहरूले मानव त्रुटिलाई उद्धृत गर्छन्, इमेल-आधारित घोटालाहरूको लागि मात्र 55% को तुलनामाहालैका सुरक्षा...
Homeराष्ट्रिय समाचारनयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा घनश्याम भूसाललाई

नयाँ पार्टी गठनको संयोजन गर्ने जिम्मा घनश्याम भूसाललाई



१५ कात्तिक, काठमाडौ । यथास्थितिमा पार्टी एकता प्रक्रियामा नजाने अडान लिएका नेकपा एकीकृत समाजवादीका नेताहरूले आज छुट्टै भेला गरेका छन् ।

सुकेधारामा पूर्वप्रधानमन्त्री झलनाथ खनाल, वरिष्ठ नेता घनेन्द्र बस्नेत, महासचिव घनश्याम भूसाल सहित १०७ जना केन्द्रीय सदस्यहरुको भेला भएको थियो । यो भेलाले पार्टी पुनर्गठन र अरु वाम शक्तिहरुसँग एकताका निम्ति संयोजन गर्ने जिम्मा महासचिव भूसाललाई दिएको छ ।

‘सबै कम्युनिष्ट पार्टीहरुको पुनर्गठन गरी शीर्ष नेताहरुलाई फरक भूमिकामा राख्ने र बाँकीले कार्यकारी नेतृत्व लिने कामको पहलकदमी गर्ने जिम्मा महासचिव घनश्याम भूसाललाई दिइएको छ,’ पोलिटब्यूरो सदस्य अशेष घिमिरेले भने ।

उनका अनुसार आजको भेलामा ८३ जनाले बोलेका थिए ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More