― Advertisement ―

ब्ल्याकबेरीको बिर्सिएको प्याटेन्टहरू फेरि गर्जन्छन् किनकि भाइले सम्पूर्ण विश्वव्यापी प्रिन्टर उद्योगलाई हल्लाउन सक्ने मुद्दाको सामना गर्नुपरेको छ।

आधुनिक कानूनमा ब्ल्याकप्याटस्युरिङ टारगेटिङ प्रविधिहरूभाइले लिगेसी मोबाइल आविष्कारहरूमा जानाजानी उल्लङ्घनको दावीहरू सामना गर्छन्प्याटेन्ट फर्महरूले क्षतिपूर्ति र उत्पादनको पुन: डिजाइनलाई व्यापक बनाउन दबाब दिन्छन्दुई प्याटेन्ट...
Homeराष्ट्रिय समाचारएमाले महाधिवेशनमा युवालाई पनि आरक्षण, कहाँबाट कति प्रतिनिधि ?  

एमाले महाधिवेशनमा युवालाई पनि आरक्षण, कहाँबाट कति प्रतिनिधि ?  



१५ कात्तिक, काठमाडौ । नेकपा एमालेले महिला, मजदुर र दलितसँगै ४० वर्ष मुनिका युवाहरूलाई पनि कोटा छुट्याएर प्रतिनिधि चयन गर्ने निर्णय गरेको छ ।

अध्यक्ष केपी शर्मा ओलीको अस्थायी निवास गुन्डुमा बसेको सचिवालय बैठकले ४० वर्ष मुनिका युवाहरूलाई निश्चित कोटा छुट्याउने निर्णय गरेको हो । प्रतिनिधि सभा निर्वाचन क्षेत्रलाई आधार मानेर प्रतिनिधि चयन गर्दा एक महिला र एक जना ४० वर्ष मुनिका युवा छनोट हुनेछन् ।

१२ सय सदस्य बराबर ४ जना प्रतिनिधि चयन हुनेछन् । यसमा एक महिला र एक जना ४० वर्ष मुनिका युवा आउने छन् । अर्थात् कम्तिमा १६५ जना युवा एमालेको प्रतिनिधि चयन हुनेछन् ।

१२ सय भन्दा बढी सदस्य भएका निर्वाचन क्षेत्रहरूमा भने हरेक ८ सय बराबर थप एक प्रतिनिधि चयन हुनेछन् । त्यसरी छनोट हुने प्रतिनिधिमा खुला प्रतिस्पर्धा हुनेछन् । दलित समुदायका निम्ति हरेक जिल्लाबाट एक जना प्रतिनिधि आउनेछन् । गैरभूगोल सहित ८१ जना प्रतिनिधि सुनिश्चित गरिएको नेताहरूले बताएका छन् ।

प्रतिनिधि आउने अर्को क्षेत्र प्रदेश हो । गैरभूगोल सहित ९ प्रदेशबाट २ महिला सहित ५ जनाका दरले प्रतिनिधि चयन हुनेछन् । ११ वटा विशेष जिल्ला कमिटीबाट ४७ जना प्रतिनिधि ल्याउने निर्णय भएको छ ।

मजदुरका निम्ति सात प्रदेशबाट ७ जनाका दरले ४९ जना प्रतिनिधि आउनेछन् । जनसंगठन तर्फ भने महासंघबाट ८ जना र संघबाट ५ जना प्रतिनिधि आउने मापदण्ड बनाइएको छ । यसर्थ ७ वटा महासंघबाट ४९ जना र अरु १६ जनसंगठनबाट ८० जना प्रतिनिधि आउनेछन् ।

केन्द्रीय विभागबाट ३९ जना, प्रवासबाट ३० जना, अनुसशासन आयोगबाट २९ जना, लेखा आयोगबाट ३० जना, निर्वाचन आयोगबाट २५ जना र सल्लाहकार परिषदबाट २५ जना प्रतिनिधि आउनेछन् । महाधिवेशबाट ३५४ जना केन्द्रीय सदस्य स्वत: प्रतिनिधि हुनेछन् ।

महाधिवेशन प्रतिनिधि चयन १३ मंसिरमा एकैदिन गर्ने निर्णय सचिवालय बैठकले गरेको छ । प्रतिनिधिहरूको अन्तिम टुंगो लागेपछि निश्चित प्रतिशत मनोनीत हुनेछन् । नेताहरूका अनुसार एघारौं महाधिवेशनमा २२ सय बढी प्रतिनिधि सहभागी हुनेछन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More