― Advertisement ―

कुनै पनि EU डाटा केन्द्रहरू वास्तवमा AI को लागी तयार छन् – र अपग्रेड गर्नु महँगो चुनौती हुन सक्छ

युरोपीय डेटा केन्द्र, एआई रिपोर्ट आपूर्ति माग पूरा गर्दैन। फेला पार्छअनुपयुक्त पावर घनत्व र शीतलन प्रणालीहरू समस्या हुन्केही देशहरू अरू भन्दा नयाँ क्याम्पसहरूको लागि...
Homeअन्तर्राष्ट्रियटोमाहक मिसाइल आक्रमण भए जवाफ दिनेछौं, तेलको मूल्य बढ्छ – KhabarHost

टोमाहक मिसाइल आक्रमण भए जवाफ दिनेछौं, तेलको मूल्य बढ्छ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकी टोमाहक मिसाइलबाट हमला भए कडा जवाफ दिने बताएका छन्।
  • अमेरिकाले रूसका दुई ठूला तेल कम्पनी रोसनेफ्ट र लूकोइलमाथि प्रतिबन्ध लगाएको छ।
  • प्रतिबन्ध नोभेम्बर २१, २०२५ सम्म लागू हुनेछ र उल्लङ्घनमा जरिवाना र व्यापार प्रतिबन्ध लाग्न सक्छ।

७ कात्तिक, काठमाडौं । रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले रूसमाथि अमेरिकी टोमाहक मिसाइलबाट हमला भए त्यसको कडा जवाफ दिइने बताएका छन्।

अमेरिकाले रूसका दुई ठूला तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएपछि पुटिनले विहीबार प्रतिक्रिया दिएका हुन् । अमेरिकाले युक्रेनलाई टोमाहक मिसाइल दिनेबारे छलफल अगाडि बढाएको छ ।

ट्रम्प पुटिनमाथि विभिन्न दबाब दिएर युक्रेन युद्ध अन्त्य गर्न चाहन्छन् ।

अमेरिकाले पुटिनसँग वार्ता टरेको भन्दै रूसी तेल कम्पनीहरूमाथि प्रतिबन्ध लगाएको हो । तर पुटिन भने वार्ताका लागि पनि तयार देखिएका छन्।

उनले भने, ‘टकराव वा कुनै पनि विवादमा वार्ता सधैँ राम्रो हुन्छ। हामीले सधैँ वार्ता जारी राख्नुपर्छ भन्ने कुरालाई समर्थन गर्दै आएका छौँ।’

अक्टोबर २२ मा ट्रम्प-पुटिनबीचको प्रस्तावित बैठक रद्द भएपछि अमेरिकाले रूसका दुई ठूला तेल कम्पनीहरू रोसनेफ्ट र लूकोइलमाथि प्रतिबन्ध लगाएको थियो। यसको उद्देश्य रूसलाई युद्धमा मिलिरहेको आर्थिक सहयोग रोक्नु रहेको अमेरिकी पक्षले प्रष्ट पारेको छ ।

पुटिनले ट्रम्पको यस कदमको आलोचना गर्दै सम्बन्ध बिग्रिएको बताएका छन्। ट्रम्पले आफ्नो कार्यकालको सुरुमा रूससँग राम्रो सम्बन्ध बनाउन चाहेका थिए, तर युक्रेन युद्धमा बारम्बार युद्धविराम गर्न अस्वीकार गरेपछि उनी पुटिनसँग असन्तुष्ट थिए।

पुटिनले के भने ?

पुटिनले रूसी तेलमा प्रतिबन्ध लागे यसको मूल्य बढ्ने बताएका छन् । ‘रूसी तेलमा प्रतिबन्ध लगाउँदा आपूर्ति कम हुनेछ, जसले तेलको मूल्य बढ्नेछ’ उनले भने, ‘मैले ट्रम्पसँग यस विषयमा कुरा गरेको थिएँ। यसबाट रूसमा मात्र होइन, अमेरिका र विश्वभर नै तेल महँगो हुन सक्छ।’

यता, युएस ट्रेजरी विभागले रूस युद्ध रोक्न गम्भीर नभएकाले यी प्रतिबन्धहरू लगाइएको बताएको छ। यस निर्णयले अमेरिकाको क्षेत्राधिकारमा आउने यी कम्पनीहरूको सबै सम्पत्ति र हितलाई प्रभावकारी रूपमा रोक्का गरिएको छ।

रोसनेफ्ट रूसको सरकारी कम्पनी हो, जुन तेलको खोज, प्रशोधन र बिक्रीमा माहिर छ। लूकोइल एक निजी स्वामित्वको अन्तर्राष्ट्रिय कम्पनी हो, जसले रूस र विदेश दुवै ठाउँमा तेल र ग्यासको खोज, प्रशोधन, बजार व्यवस्थापन र वितरणमा काम गर्छ।
यी दुई कम्पनीहरूको ५० प्रतिशत वा सोभन्दा बढीको प्रत्यक्ष वा अप्रत्यक्ष हिस्सेदारी भएका ३६ सहायक कम्पनीहरूमाथि पनि प्रतिबन्ध लागू गरिएको छ।

द गार्जियन को रिपोर्टअनुसार, यी दुई कम्पनीबाट रूसको आधा कच्चा तेल निर्यात हुन्छ। प्रतिबन्धहरूको असरले विश्वव्यापी तेलको मूल्यमा ५ प्रतिशतको वृद्धि हुन सक्छ।

युरोपेली सङ्घले पनि रूसी एलएनजी ग्यासमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ।

कहिलेबाट लागू हुन्छ प्रतिबन्ध ?

अमेरिकी ट्रेजरीले नोभेम्बर २१, २०२५ सम्मको समय दिएको छ। यो अवधिमा बाँकी कम्पनीहरूले रोसनेफ्ट र लूकोइलसँगको कारोबार समाप्त गर्नुपर्नेछ।

प्रतिबन्ध पालना नगरिएमा जरिवाना, कालोसूचीमा राख्ने वा व्यापार प्रतिबन्धहरू लाग्न सक्ने चेतावनी अमेरिकाले दिएको छ ।

रोसनेफ्ट रूसको तेस्रो ठूलो कम्पनी हो। यसको बजार पूँजीकरण (मार्केट क्याप) करिब ८५ बिलियन डलर छ।

एजेन्सीहरूको सहयोगमा

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More