― Advertisement ―

ब्ल्याक फ्राइडेको लागि प्रतीक्षा नगर्नुहोस् – मैले 6 कफी मेसिनहरू फेला पारेको छु जसको बारेमा चिच्याउन लायकको ठूलो छुट छ

अनुभवी डिल शिकारीको रूपमा, म भर्खरै Amazon कुनै पनि विशेष कार्यक्रम देख्नेछौं, हामी कुनै पनि विशेष दिनमा अमेजनलाई देख्नेछौं। कफी मेसिनहरूमा ब्ल्याक फ्राइडे।यद्यपि हालसालै...
HomeLatest newsमाओवादीको सचिवालय बैठक जारी, माधवसँगको एकताबारे छलफल चल्दै

माओवादीको सचिवालय बैठक जारी, माधवसँगको एकताबारे छलफल चल्दै


तस्वीर : प्रचण्डको सचिवालय



१५ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रको महाधिवेशन आयोग समितिको सचिवालय बैठक जारी छ । पार्टी मुख्यालय पेरिडाँडाँमा जारी बैठकमा एकीकृत समाजवादीसँगको एकताबारे छलफल चल्दैछ ।

नेकपा एकीकृत समाजवादीले शुक्रबार मात्रै नेकपा माओवादी केन्द्रसहित समाजवादी मोर्चामा रहेका दलहरूसँग एकता गर्ने निर्णय गरेको छ । लगत्तै माओवादीको सचिवालय बैठक बसेको हो ।

माओवादीले यसअघि नै केन्द्रीय समितिको बैठकबाट कम्युनिस्ट पार्टीहरूबीचको एकताको लागि निर्णय लिएको थियो । एकीकृत समाजवादीले निर्णय नै गरिसकेको अवस्थामा माओवादीले सचिवालय मार्फत अगाडि बढाउने सर्न्दभमा आवश्यक निर्णय लिन खोजेको हो ।

सचिवालय बैठकमा महाधिवेशन आयोजक समितिका संयोजक प्रचण्ड सहितका नेताहरू छन् ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More