― Advertisement ―

‘तपाईको डाटा सार्वजनिक छ’: ह्याकरले 6.8 बिलियन इमेलहरू अनलाइन लीक गरेपछि पीडितहरूलाई चेतावनी दिन्छ

ह्याकर Adkka72424 करोडको अद्वितीय इमेल ठेगाना। साइबरन्युजले करिब ३ अर्ब प्रयोगयोग्य इमेलहरू प्रमाणित गरेको छ, सङ्ग्रहको साइज १५०GBबृहत् चुहावटले अनुकूलित सामाजिक इन्जिनियरिङ आक्रमणहरू मार्फत...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

प्रभास स्टारर दक्षिण भारतीय फिल्म ‘बाहुबलीः द एपिक’ यही शुक्रबार रिलिज हुँदैछ।

एसएस राजामौली निर्देशित यो फिल्मले ‘बाहुबली’ का अघिल्ला दुई संस्करणलाई एकै भागमा समेटेको छ। यो एउटा नौलो प्रयोग भएकाले दर्शकहरूले कसरी लिन्छन् भन्ने चासो पनि छ।

‘बाहुबलीः द एपिक’ को कुल प्रदर्शन अवधि (रनटाइम) ३ घण्टा ४५ मिनेट छ। 

भारतीय संचारमाध्यमका अनुसार फिल्मको पहिलो हाफ १ घण्टा ४२ मिनेट ३३ सेकेन्ड लामो छ। दोस्रो हाफ २ घण्टाभन्दा लामो छ। दोस्रो हाफको लम्बाइ २ घण्टा ३ मिनेट ११ सेकेन्ड छ। यसरी, फिल्मको कुल अवधि ३ घण्टा ४५ मिनेट ४४ सेकेन्ड रहेको छ। 

Laxmi bank
Laxmi bank

‘बाहुबलीः द बिगिनिङ’ को प्रदर्शन अवधि १५९ मिनेट थियो भने ‘बाहुबली २ः द कन्क्लुजन’ १६७ मिनेट थियो। यसको अर्थ दुवै भागको कुल अवधि ३२६ मिनेट वा ५ घण्टा २६ मिनेट थियो। 

प्रदर्शन अवधि लामो हुँदा फिल्मले शो कम पाउनेछ। ‘बाहुबलीः द एपिक’ हेर्न दर्शकहरूले कम्तिमा पनि सवा चार घण्टा छुट्याउनुपर्ने देखिन्छ।

नेपालमा पनि फिल्म शुक्रबारदेखि प्रदर्शनमा आउँदैछ।





Read More