― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

ऋषभ शेट्टीको ब्लकबस्टर फिल्म ‘कान्तारा च्याप्टर १’ सिनेमाघरमा रिलिज भएको एक महिनाभन्दा कम समयमै डिजिटल प्लेटफर्ममा आउने भएको छ।

अक्टोबर २ देखि प्रदर्शनमा आएको फिल्म अक्टोबर ३१ मा (यही शुक्रबार) अमेजन प्राइम भिडिओमा प्रिमियर हुने भएको हो।

प्राइम भिडिओले घोषणा गर्दै फिल्म कन्नड, तमिल, तेलुगु र मलयालम भाषामा रिलिज हुने जनाएको छ। तर, हिन्दी भाषाको अभावले गर्दा दर्शकहरूले सामाजिक सञ्जालमा गुनासो गरेका छन्। कतिपयले फिल्म यति छिटो ओटिटीमा आउनुमा आश्चर्य व्यक्त गरेका छन्।

‘कान्तारा च्याप्टर १’ सन् २०२२ को हिट फिल्म ‘कान्तारा’ को प्रिक्वेल हो, जसमा पनि ऋषभले अभिनय र निर्देशन दुवै गरेका थिए।

Laxmi bank
Laxmi bank

‘कान्तारा च्याप्टर १’ सन् २०२५ को सबभन्दा बढी कमाउने भारतीय फिल्म बनेको छ। यसले ‘छावा’  (८०७ करोड रूपैयाँ) लाई पनि उछिनेको छ। फिल्मले रिलिजको पहिलो २५ दिनमा विश्वव्यापी रूपमा ८१३ करोड भारू कमाएको छ।

‘कान्तारा च्याप्टर १’ ले नेपालमा पनि आक्रामक व्यापार गरेको छ। फिल्म अझै प्रदर्शनरत छ।





Read More