― Advertisement ―

Amazon को Ring क्यामेराहरू बजेटमा तपाईंको घर सुरक्षित गर्नको लागि उत्तम समाधान हो – $ 25.99 बाट आजको उत्कृष्ट डिलहरू किन्नुहोस्

जब मौसम न्यानो हुन थाल्छ, यो सधैं आफ्नो घरको सुरक्षा पुन: हेर्नु राम्रो विचार हो, र, संयोगवश, Amazon R.L. मा चलिरहेको क्यामेरा सबैभन्दा राम्रो...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

तिहारको अवसर पारेर प्रदर्शनमा आएको ‘वरिष्ठ बलराम’ ले प्रदर्शनको पाँचौ दिनसम्म दुई करोड रूपैयाँ ग्रस कलेक्सन गरेको निर्माताले दाबी गरेका छन्। 

कात्तिक ६ गते रिलिज भएको ‘वरिष्ठ बलराम’ ले कात्तिक १० गतेसम्म दुई करोड रूपैयाँभन्दा बढी ग्रस कलेक्सन गरेको निर्माता आशिष एच तामाङले बताए। उनले भने, ‘हाम्रो फिल्मले पाँच दिनमा दुई करोडभन्दा माथि ग्रस कलेक्सन गरेको छ।’ उनका अनुसार प्राप्त शोमा फिल्म राम्रो अकुपेन्सीमा प्रदर्शन भइरहेको छ।

चलचित्र विकास बोर्डले यो फिल्मको बक्स अफिस कमाइबारे आधिकारिक विवरण भने सार्वजनिक गरेको छैन। जसका कारण यसको कमाइबारे आधिकारित तथ्यांक पुष्टि हुन बाँकी छ।

निर्माता तामाङ भावनात्मक सम्बन्ध र स्थानीयस्तरमा हुने दादागिरीलाई दर्शकले मन पराइरहेको बताउँछन्। 

Laxmi bank
Laxmi bank

‘रगतको मात्रै होइन, भावनात्मक सम्बन्ध पनि त्यति नै प्रगाढ हुन्छ भन्ने सिनेमाको सन्देश दर्शकले निकै मन पराइरहनुभएको छ,’ निर्माता तामाङले भने, ‘स्थानीय स्रोतसाधनको दोहन र लभस्टोरी पनि दर्शकले मन पराइदिनुभएको छ।’ दयाहाङ राई र विजय बराललाई फरक तरिकाले प्रस्तुत गरेको पनि दर्शकले खुलेर तारिफ गरिरहेको उनले बताए।

‘वरिष्ठ बलराम’ सुरेन्द्र पौडेलले निर्देशन गरेका हुन्। वृषभ सिद्धी इन्टरटेनमेन्टको प्रस्तुतिमा आन्भी फिल्म्सको सहकार्यमा बनेको फिल्ममा दयाहाङ र विजयका साथमा समृद्धि अर्याल, पशुपति राई, माओत्से गुरूङ, भोलाराज सापकोटा, रामबाबु रेग्मी, प्रदीप कुमार चौधरी (पीके) लगायत कलाकारहरूको अभिनय छ।

कथा र सम्पादन निर्देशक पौडेलकै हो भने पटकथा महेश दवाडीले लेखेका हुन्। निर्मातामा आशिष एच तामाङ र श्रीराज कार्की, कार्यकारी निर्मातामा प्रदीप जी धामी र पुष्कर बी. घिमिरे छन्।

फिल्ममा समावेश गीत ‘न्याउली बनैमा’ पनि पछिल्लो समय निकै चर्चामा छ।





Read More