― Advertisement ―

हामी आधिकारिक रूपमा अप्रिल 16 मा DJI Pocket 4 प्राप्त गर्दैछौं, तर यहाँ कसरी Insta360 ले यसलाई हराउन सक्छ।

O4 अप्रिल DJmockI मा अपेक्षा गर्नुहोस् 16भ्लगिङ क्यामेरा लामो समयदेखि चर्चामा छInsta360 ले Luna पनि चाँडै लन्च गर्दैछ DJI Osmo Pocket 4 अहिले लामो...
Homeराष्ट्रिय समाचारमन्त्री गुप्ता – KhabarHost

मन्त्री गुप्ता – KhabarHost



१४ कात्तिक, काठमाडौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले युवाका लागि प्रभावकारी र नतिजामुखी कदम चाल्नुपर्ने  बताएका छन् ।

मन्त्री गुप्ताले सरकार जेनजी आन्दोलनमा अभिव्यक्त युवाको भावना वमोजिम अघि वढ्ने बताए ।

शुक्रवार राष्ट्रिय युवा परिषदसँगको ब्रिफिङ्मा निर्देशन दिँदै मन्त्री गुप्ताले भने, ‘युवाका आकांक्षा धेरै छन्, क्रमश: सम्बोधन गर्ने प्रयास गर्दै जानुपर्दछ ।’

सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा आयोजित कार्यक्रममा मन्त्रालय र परिषदका पदाधिकारी सहभागी थिए ।

परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतले  ७५३ वटै पालिकामा स्थानीय युवा परिषद गठन गर्नुपर्ने वताए। वस्नेतले परिषदद्वारा युवाको नेतृत्व विकास र उद्यमशीलता विकासमा जोड दिइँदै आएको बताए ।

बस्नेतले युवाको अपेक्षा र युवा परिषद्को स्रोत साधनबीच ठूलो खाडल रहेको जनाए ।

युवा तथा खेलकुद मन्त्रालयका सचिव डा. हरिप्रसाद लम्सालले सवै स्थानीय तहमा युवा परिषद गठन गरेर युवामैत्री स्थानीय शासन प्रवर्द्धन गर्नुपर्ने बताए ।

कार्यक्रममा परिषदका प्रशासकीय प्रमुख गेहनाथ गौतमले परिषदको परिचयसहित गत आर्थिक वर्ष र चालु आर्थिक वर्षको कार्यक्रम विवरण प्रस्तुत गरेका थिए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More