― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

चर्चित लोकगायक पशुपति शर्माले कलाकारहरू विदेश कार्यक्रममा जाँदा सोचेर, बुझेर मात्र जान सुझाव दिएका छन्।

राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानका वरिष्ठ उपाध्यक्ष समेत रहेका शर्माले आफूले समस्या हुने देखेर सम्झौता भइसकेका केही कार्यक्रम पनि रद्द गरेको समेत बताए।

उनले एक स्टाटस लेख्दै भनेका छन्, ‘विदेश कार्यक्रम जाँदा सोचेर बुझेर जाऊँ न कलाकार साथीहरू। अहिले चर्चा भएका केही कार्यक्रम मैले एग्रिमेन्ट भैसकेपछि पनि केही समस्या हुने देखेरै सल्लाहमै क्यान्सिल गरेको हुँ।’

शर्माले गायिका एलिना चौहान र आयोजकबीचको पछिल्लो विवाद आइरहेको समयमा यो स्टाटस लेखेका हुन्। 

Laxmi bank
Laxmi bank

एलिना चौहानले हालै अमेरिकाको कार्यक्रममा आयोजकबाट आफूलाई नोकर झैं व्यवहार गरिएको आरोप लगाएकी छन्। 

गायक पशुपति शर्माको यो आग्रहले नेपाली कलाकारहरूलाई विदेशमा प्रस्तुति दिनुअघि आयोजकको पृष्ठभूमि, सम्झौताका शर्तहरू र अन्य व्यवस्थापन पक्षमाथि ध्यान दिनुपर्ने आवश्यकतामा जोड दिएको छ।

यो पनिः ‘अब सुन्छ अमेरिका’ कार्यक्रमबाट फर्किएकी एलिनाको आरोप– नोकरझैं व्यवहार गरियो





Read More