― Advertisement ―

डुडाले छिटो वेबसाइट उत्पादन र इन्टरप्राइज-ग्रेड सुरक्षा बीचको खाडल पूरा गर्न आफ्नो एआई स्ट्याक विस्तार गर्दछ

Duda ले सुरु गर्‍यो नयाँ एआई उपकरणहरू निर्माण गर्न मद्दत गर्न, एजेन्सीहरू निर्माण गर्न जटिल उपकरणहरू समावेश गर्दछ। अनुकूलन विजेट जनरेटर, र संक्षिप्त-संचालित वेबसाइट...
HomeLatest newsझलनाथ खनालले नयाँ पार्टी गठन गर्ने – KhabarHost

झलनाथ खनालले नयाँ पार्टी गठन गर्ने – KhabarHost



१४ कात्तिक, काठमाडौं । अध्यक्ष माधवकुमार नेपालले माओवादी सहितका पार्टीहरूसँग एकता गर्ने निर्णय लिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले अर्को पार्टी गठन गर्ने भएका छन् ।

आज सकिएको नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले पार्टी एकताको प्रक्रिया नरोकिने निर्णय सुनाएका थिए । खनालले भने भिन्न मत समेत राख्न पाएनन् ।

बैठक सकिएपछि खनालले अब अर्को पार्टी गठन गर्ने अनलाइनखबरलाई बताए । ‘एमालेसँगको विद्रोहका औचित्य पुष्टि नगर्दै पार्टीलाई माओवादीमा लैजाने जबर्जस्ती निर्णय गरियो’ उनले भने, ‘पार्टीलाई विसर्जन गरियो ।’

उनले एमालेले गरेको घर फिर्तिको आह्वानलाई सकारात्मक रुपमा लिएको बताए । एमालेमा जाने विषयबारे उनले पार्टीको नीति सिद्धान्तमा सहमति हुनुपर्ने उल्लेख गरे ।

उनले पार्टी पुनर्गठनका लागि आफूहरूले शनिबार नेताहरूसँग छलफल गर्ने त्यसपछि पार्टीको कानुनी प्रकियाबारे बझ्ने जानकारी दिए । यही नाम नाम नमिल्ने भए निर्वाचन आयोगमा दर्ता भएका अन्य पार्टीहरूसँग पनि एकताबारे कुरा गर्न सकिने बताए ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More