― Advertisement ―

एप्पलले अन्ततः म्याक मिनी प्रयोगकर्ताहरूलाई आज जटिल ह्याक वा समाधान बिना बाह्य GPU हरू प्रयोग गरेर पूर्ण एआई पावर खोल्न दिन्छ।

TinyGal मा प्रत्यक्ष रूपमा चलाउन मिल्ने GPUs मोडेल Macsप्रयोगकर्ताहरूले अब सुरक्षाहरू बाइपास नगरी AMD र Nvidia कार्डहरू प्रयोग गर्न सक्छन्TinyGPU ले MacOS 12.1 र...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

काठमाडौंमा पहिलो पटक आयोजना गरिएको हरर चलचित्र महोत्सव शुक्रबारदेखि सुरू भएको छ। 

‘काठमाडौं हरर फिल्म फेस्ट २०२५’ शुक्रबार साँझ रसियन हाउस, कमलपोखरीमा सुरू भएको हो।

नेपाल फिल्म एण्ड कल्चर एकेडेमीको आयोजनामा र रसियन हाउस तथा रूसको राजदूतावासको सहकार्यमा सुरू भएको तीनदिने महोत्सवले नेपाली चलचित्र क्षेत्रमा नयाँ विधा डर, रहस्य र कल्पनाको कलालाई अघि बढाउने उद्देश्य राखेको उपाध्यक्ष शिव पुरीले बताए। 

उद्घाटन समारोहमा महोत्सव निर्देशक रसिक पाठकले हरर चलचित्रको भावनात्मक र कलात्मक गहिराइबारे मन्तव्य व्यक्त गर्दै भने, ‘दशकौंदेखि नेपाली चलचित्रले प्रेम, समाज र अध्यात्मलाई अन्वेषण गर्दै आएको छ तर आज हामी नयाँ क्षेत्रमा प्रवेश गरेका छौँः डर, रहस्य र कल्पना। हरर केवल भूत र छायाको कुरा होइन, यो आफैंभित्र र वरिपरि रहेका अज्ञातसँगको सामना हो।’ 

पाठकका अनुसार, हेलोविनको दिनमा सुरू भएको यो महोत्सवले नेपाली कथाकार र अन्तर्राष्ट्रिय हररप्रेमीहरूबीच सांस्कृतिक सेतु निर्माण गर्ने लक्ष्य राखेको छ। 

मुख्य अतिथि तथा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीले हेलोविन र नेपालका गठेँमंगल र गाईजात्राजस्ता परम्परागत चाडबीच समानता उल्लेख गर्दै भने, ‘संसार एउटै हो, डर र साहसजस्ता भावनाहरू सार्वभौमिक हुन्।’ 

भौतिकताले भरिएको यो युगमा पनि यस्ता उत्सवहरूले मानवीय सम्बन्धलाई जोगाइराख्ने र सृजनात्मक सम्बन्ध बलियो बनाउने बताए। 

Laxmi bank
Laxmi bank

डीसीले स्वतन्त्र चलचित्र महोत्सवहरूको सञ्जाल विस्तार गर्न बोर्डले छिट्टै नेपालभरका महोत्सव आयोजकहरूबीच सहकार्य बढाउने पहल गर्दै गरेको जानकारी दिए।

प्रख्यात चलचित्रकर्मी तथा नेपाल फिल्म एण्ड कल्चर एकेडेमी सल्लाहकार तुलसी घिमिरेले महोत्सवलाई ‘उत्कृष्ट पहल र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सांस्कृतिक आदानप्रदानको उत्कृष्ट प्लेटफर्म’ भएको बताउँदै प्रशंसा गरे।

उनले भने, ‘रसियन हाउस र एनएफसीएका बीचको यस्ता सहकार्यहरूले सिर्जनात्मक विकास र सांस्कृतिक समझदारीमा अर्थपूर्ण योगदान पुर्‍याउँछन्।’

रसियन हाउसकी निर्देशक तथा रूसको राजदूतावासकी काउन्सिलर आनास्तासिया खोखलोभाले पनि त्यही भावना दोहोर्याउँदै भनिन्, ‘हामी एनएफसीएसँग सहकार्य गर्न पाउँदा खुसी छौं। चलचित्रले संस्कृतिहरू जोड्छ, र हामी चलचित्र अध्ययन गर्न इच्छुक नेपाली विद्यार्थीहरूका लागि रुसमा छात्रवृत्ति अवसर पनि प्रदान गर्न पाउँदा सन्तुष्ट छौं।’

जुरी सदस्य राजभाइ सुवालले सहभागीहरूलाई सबै चलचित्र हेर्न र सिकाइको अवसर नछुटाउन आग्रह गरे।

उनले भने, ‘यस्ता महोत्सवहरू फिल्मप्रेमीका लागि अमूल्य हुन्छन। प्रत्येक कथाबाट केही न केही सिक्न सकिन्छ।’

अन्य जुरि सदस्यहरूमा अलेक्जान्द्रा एनबर्ग (स्विडेन), यास्मिन बुचफार (मोरोक्को) र होसम फहमी (जर्मनी) रहेका छन्, जसले अनलाइनमार्फत निर्णय पठाउँदै सहभागी भएका छन्। 

Kathmandu-Horror-Film-Fest--1761912508.jpeg

एनएफसीएका उपाध्यक्ष तथा चलचित्रकर्मी एवं सम्पादक शिव पुरीले महोत्सवलाई नयाँ सुरूवातको रूपमा व्याख्या गरे।

‘यो केवल हरर चलचित्र प्रदर्शनको प्लेटफर्म मात्र होइन, नेपाली चलचित्र उद्योगका लागि नयाँ अवधारणा र नयाँ दिशाको सुरूवात हो’, उनले भने, ‘हाम्रो लक्ष्य नेपाली कथालाई अन्तर्राष्ट्रिय मञ्चमा पुर्‍याउने र नयाँ पुस्ताका सिर्जनाकर्मीलाई प्रेरित गर्ने हो।’ 

महोत्सवको उद्घाटन रूसको चलचित्र शमन (मिखाइल मर्जलिकिन निर्देशित) बाट गरिएको हो। महोत्सवमा १५ देशका २५ चलचित्र प्रदर्शन हुँदैछन्, जुन ८० भन्दा बढी प्राप्त आवेदनबाट छनोट गरिएका हुन्। यी चलचित्रहरूमा मनोवैज्ञानिक, अलौकिक र सांस्कृतिक आयामका हरर कथाहरू समेटिएका छन्।

महोत्सवले नोभेम्बर २ सम्म प्रदर्शनहरू जारी राख्नेछ। समापन समारोहमा तीन मुख्य पुरस्कार सर्वोत्कृष्ट फिचर फिल्म, सर्वोत्कृष्ट लघु चलचित्र र सर्वोत्कृष्ट यूथ फिल्म (३० वर्ष मुनिका निर्देशकका लागि) प्रदान गरिनेछ।

फिल्मप्रेमीहरूले खल्ती एपमार्फत टिकट खरिद गरी रूसियन हाउस, कमलपोखरीमा प्रदर्शन हेर्न सक्नेछन्। 

 





Read More