― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeराष्ट्रिय समाचारसम्पत्ति छानबिन गर्न उच्चस्तरीय शक्तिशाली आयोग गठन गरौं   – KhabarHost

सम्पत्ति छानबिन गर्न उच्चस्तरीय शक्तिशाली आयोग गठन गरौं   – KhabarHost



१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीले हालसम्म सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्ने माग गरेको छ ।

शुक्रबार सम्पन्न पार्टीको केन्द्रीय कमिटीको बैठकले यस्तो माग गरेको हो ।

बैठकपछि आयोजित पत्रकार सम्मेलनमा उपाध्यक्ष प्रकाश ज्वालाले सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नुपर्ने र भ्रष्टाचारी प्रमाणित भएमा त्यस्ता व्यक्तिहरूमाथि कडाभन्दा कडा कारबाही हुनुपर्ने निर्णय बैठकले गरेको जानकारी दिए ।

सार्वजनिक पदमा पुगेका व्यक्तिहरूको सम्पत्ति छानबिन गर्नका लागि उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन हुनुपर्ने निर्णय पार्टीले गरेको ज्वालाले बताए ।

‘हालसम्म राजकीय जिम्मेवारीमा, सार्वजनिक पदमा पुगेका हरेक व्यक्तिहरूको सम्पत्ति छानबिन हुनुपर्छ र सम्पत्ति छानबिनपछि भ्रष्टाचारीको रूपमा प्रमाणित भएका व्यक्तिहरूलाई कडाभन्दा कडा कारबाही हुनुपर्छ । त्यसका निम्ति उच्चस्तरीय शक्तिशाली सम्पत्ति छानबिन आयोग गठन हुनुपर्छ। भनेर पनि हामीले यसपटक एउटा विशेष प्रस्ताव पारित गरेका छौं,’ उनले भने ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More