― Advertisement ―

22 एपहरूमा पर्दाफास गरिएका Google API कुञ्जीहरूले आक्रमणकारीहरूलाई जेमिनी एआईलाई स्वतन्त्र रूपमा पहुँच गर्न दिन्छ, जसले गर्दा सयौं हजारौं नोक्सान हुन्छ।

एपीआई चलाउनको लागि गुगलको एक्सपोजमा कुञ्जी चलाउन अनुमति दिनुहोस्। अनुरोधहरूएआई पूर्वाधारमा अनाधिकृत पहुँचका कारण विकासकर्ताहरूले गम्भीर आर्थिक नोक्सानको अनुभव गर्छन्हार्डकोड गरिएका प्रमाणहरूले सार्वजनिक पहिचानकर्ताहरूलाई...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

आगामी मंसिर १२ गतेदेखि प्रदर्शनमा आउने फिल्म ‘हर्ष’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। पोस्टरमा कलाकारहरू हर्षित मुन्द्रामा देखिएका छन्।

शुक्रबार सार्वजनिक पोस्टरमा फिल्मका तीन मुख्य कलाकारहरू खगेन्द्र लामिछाने, वर्षा राउत र बालकलाकार साइमन वादीलाई प्रस्तुत गरिएको छ।

खगेन्द्र र वर्षा छोरासँग खुसी भावमा प्रस्तुत छन्। यो पोस्टरले फिल्म पूर्ण रुपमा पारिवारिक कथामा निर्माण भएको झल्को दिन्छ। सन्तानप्रति अविभावकको लगाव, त्यसले दिने आनन्ददायी क्षणलाई फिल्मको मुख्य कथाको रूपमा प्रस्तुत गरिएको पोस्टरले संकेत दिन्छ। 

‘हर्ष’ एकता पौडेलले निर्देशन गरेकी हुन्। उनी स्वर्गिय निर्देशक शिव रेग्मीकी भान्जी हुन्। न्यूयोर्क फिल्म एकेडेमीमा सिनेमा मेकिङ अध्ययन तथा आमसंचारमा स्नातक र व्यवस्थापन तथा नेतृत्व विषयमा स्नातकोत्तर गरेकी निर्देशक पौडेलले यसअघि केही छोटा फिल्म समेत निर्माण गरेकी छन्। उनले दर्शकलाई फिल्म ‘हर्ष’ उत्कृष्ट रूपमा पस्किने बताउँदै आइरहेकी छन्।

‘हर्ष’ मा खगेन्द्र, वर्षा र साइमनसहित नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरूङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, श्रृष्टि महर्जन, सिर्जना नापित लगायतको अभिनय छ।

Laxmi bank
Laxmi bank

प्रशन्न पौडेल र विकास पौडेल निर्माता हुन्। 

 





Read More