― Advertisement ―

कुनै पनि EU डाटा केन्द्रहरू वास्तवमा AI को लागी तयार छन् – र अपग्रेड गर्नु महँगो चुनौती हुन सक्छ

युरोपीय डेटा केन्द्र, एआई रिपोर्ट आपूर्ति माग पूरा गर्दैन। फेला पार्छअनुपयुक्त पावर घनत्व र शीतलन प्रणालीहरू समस्या हुन्केही देशहरू अरू भन्दा नयाँ क्याम्पसहरूको लागि...
Homeराष्ट्रिय समाचारजगन्नाथ खतिवडा – KhabarHost

जगन्नाथ खतिवडा – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग चाँडै पार्टी एकता हुने बताएका छन्।
  • उनले केन्द्रीय समिति बैठकले एकताको पक्षमा निर्णय गर्ने र एकताको प्रक्रियामा तत्काल अघि बढ्ने जानकारी दिएका छन्।
  • उनले माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रूपमा मार्क्सवाद लेनिनवादलाई स्वीकार गर्ने बताए।

१४ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका उपाध्यक्ष जगन्नाथ खतिवडाले नेकपा माओवादी केन्द्रसँग चाँडै पार्टी एकता हुने बताएका छन् ।

शुक्रबार केन्द्रीय कमिटी बैठक स्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले  झलनाथ खनाल पक्षधरले एकता नगरौं भन्ने सुझाव दिए पनि बैठकले एकताको पक्षमा निर्णय लिने बताए ।

उहाँले नेकपा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र र समाजवादी पार्टी नेपालबीच एकता हुने बताए । माओवादीले माओवाद छोड्ने र मार्गदर्शक सिद्धान्तका रुमपा मार्क्सवाद लेनिनवादलाई आफूहरूले पनि मान्ने उनले बताए ।

नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको एकता भाँड्न षड्यन्त्र गरिरहेको आरोप उनले लगाए । ‘पुरानै घर फर्किनुस्’ भन्ने ओलीको आह्वान पार्टी एकता भाँड्नका लागि भएको उनको जिकिर छ ।

‘केपी ओलीको यो साजिस मात्र हो, हाम्रो एकतालाई भाँड्नका लागि’ उनले भने, ‘उहाँ एकताको लागि कहिल्यै हुनुहुन्न ।’

केन्द्रीय समिति बैठकले एकताको पक्षमा निर्णय गर्ने जानकारी दिँदै उनले भने, ‘एकताको प्रक्रियामा तत्काल अघि बढ्छौँ । धेरै कुराहरु हामीले छलफल गरेर डकुमेण्ट आदानप्रदान गरेर मिलाइसकेका छौँ । हामी आफ्ना सैद्धान्तिक विषयमा समानता स्थापित गरेपछि नै एकताको प्रक्रियामा लागेका हौं ।’

एकताको प्रक्रिया सकिएपछि निश्चित विधिबाट पार्टीमा पुस्ता हस्तान्तरण हुने उनले बताए ।





Read More