― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
HomeLatest newsफाफ डुप्लेसीले विराटनगरबाट एनपीएल खेल्ने – KhabarHost

फाफ डुप्लेसीले विराटनगरबाट एनपीएल खेल्ने – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन्।
  • विराटनगर किङ्सले सामाजिक सञ्जालमार्फत फाफ डुप्लेसी अनुबन्ध भएको जानकारी दिएको हो।
  • डुप्लेसीले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् र समग्र टी-२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन्।

१४ कात्तिक, काठमाडौं । दक्षिण अफ्रिकाका स्टार ब्याटर फाफ डुप्लेसीले दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा विराटनगर किङ्सबाट खेल्ने भएका छन् ।

टोलीले शुक्रबार सामाजिक सञ्जालमार्फत डुप्लेसी अनुबन्ध भएको जनाएको हो । यसअघि दिइएका हिन्टमा फाफ खेल्नेबारे चर्चा भएपनि तेस्रो हिन्टमा भने एबी डिभिलियर्सको फोटो पनि राखेर केही अलमल पारिएको थियो ।

चौथो हिन्टमा भने फाफले आईपीएलमा लखनउविरुद्ध खेल्दा प्रहार गरेको विशाल छक्कालाई देखाइएको छ, जहाँबाट फाफ नै उक्त खेलाडी भएको कुरा बुझिन्छ ।

अन्तत: फाफ डुप्लेसी नै अनुबन्ध भएको विराटनगरले आधिकारिक रूपमा जानकारी दिएको हो ।

उनले दक्षिण अफ्रिकाका लागि ५० खेलमा १५२८ रन बनाएका छन् । त्यस्तै समग्र टी-२०मा ४२४ खेलमा ११,९०६ रन बनाएका छन् ।

उनी विश्वका उत्कृष्ट फिल्डरमध्ये एक हुन् । उनले समग्र टी-२०मा २११ क्याच लिएका छन् ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More