― Advertisement ―

मंगलबार, अप्रिल ७ (खेल #७६५) का लागि NYT Strands संकेत र जवाफहरू

अर्को दिन खोज्दै हुनुहुन्छ?प्रत्येक NYT puzzle रात्रिको लागि तपाइँको दिनको मध्यमा एक नयाँ समय देखा पर्दछ। जसको मतलब कोही मान्छे सधैं 'आजको खेल' खेलिरहेका...
Homeमनोरन्जनराजु लामाले चढे ओसियानाको अग्लो टाकुरा, दिए वातावरण संरक्षणको सन्देश राजु लामाले चढे...

राजु लामाले चढे ओसियानाको अग्लो टाकुरा, दिए वातावरण संरक्षणको सन्देश राजु लामाले चढे ओसियानाको अग्लो टाकुरा, दिए वातावरण संरक्षणको सन्देश


News Summary

Generated by OK AI. Editorially reviewed.

  • पपस्टार राजु लामाले २२ अक्टोबरमा इन्डोनेसियाको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड आरोहण गरी चुचुरोमा नेपालको राष्ट्रिय ध्वजा फर्फराए।
  • राजु लामाले चुचुरोमा ‘मंगोलियन हार्ट’ र संगीतप्रेमी प्रशंसकलाई सम्झिएर नयाँ गीत ल्याउने प्रतिबद्धता जनाए।
  • उनी हाल ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा ब्यस्त छन् र पुनः शोमा फर्किएका छन्।

काठमाडौं । पपस्टार राजु लामा पर्वतारोही तथा वातावरणीय अभियन्ता पनि हुन् । वातावरण संरक्षणको सन्देश दिन उनले केही वर्षअघि सर्वोच्च शिखर सगरमाथा आरोहण पनि गरे ।

मुस्ताङ लगायतका उच्च हिमाली क्षेत्रमा उनले भोटे पिपलका विरुवा पनि रोपेका थिए । उनको यो पर्वतारोहण यात्रा यत्तिकैमा रोकिएको छैन ।

उनले हालै ओसियाना क्षेत्रको सर्वोच्च पहाड कार्सटेन्ज पिरामिड (पन्साक जया) आरोहण गरे । ४ हजार ८८४ मिटर अग्लो यो पहाड इन्डोनेसियाको अग्लो पहाड समेत हो ।

यसमा स्थायी भूमध्यरेखीय हिमनदी छन्, यद्यपि जलवायु परिवर्तनका कारण तिनीहरू द्रुत गतिमा संकुचित हुँदै गएका छन् । यो ‘सेभेन समिट्स’ मध्ये एक हो जसले गर्दा, पर्वतारोहीमाझ यो लोकप्रिय गन्तव्य हो ।

गायक लामाले २२ अक्टोबरमा यो पहाड चढेका हुन् । उनी बिहान ७ बजेर ४० मिनेटमा चुचुरोमा पुगेका थिए । उनले चुचुरोमा नेपालको राष्ट्रिय ध्वजा फर्फराए ।

उनले चुचुरोमा ‘मंगोलियन हार्ट’ र संगीतलाई माया गर्ने प्रशंसकलाई सम्झिएका छन् । चाँडै नयाँ गीत ल्याउने प्रतिबद्धता पनि उनले जनाएका छन् । उनले बौद्ध मन्त्रहरू पनि टाकुरामा जपेका छन् ।

कामको कुरा गर्दा, राजु अहिले ‘द भ्वाइस अफ नेपाल’ सिजन ७ मा ब्यस्त छन् । उनी यो सिजनबाट पुनः शोमा फर्किएका हुन् ।





Read More