― Advertisement ―

गोपनीयता बोरिंग हुन लागेको छ, र यो राम्रो कुरा हो (नोट गर्नेहरूका लागि)

हामीले नयाँ वर्षको सुरुवात गर्दा, धेरैले गोपनीयता को प्रक्रिया संगठनको रूपमा क्लाउड र एआई'- बेसको रूपमा विशेष गरी डाटा प्रयोग गरिन्छ। ढिलो आकाश छ।...
Homeराष्ट्रिय समाचारमनास्लु क्षेत्रमा घाइते पर्यटकको २ दिनदेखि उद्धार भएन

मनास्लु क्षेत्रमा घाइते पर्यटकको २ दिनदेखि उद्धार भएन


News Summary

Generated by OK AI. Editorially reviewed.

  • मनास्लु क्षेत्रमा १४ कात्ति ४४ वर्षीय मिनुइन्द्र लम्साल ढुङ्गाले टाउकोमा लागेर घाइते भएका छन्।
  • प्रतिकूल मौसमका कारण हेलिकोप्टरले उद्धार गर्न नसकेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
  • उनको प्राथमिक उपचार भइरहेको छ र उद्धारको पर्खाइमा रहेको स्वास्थ्यकर्मीले बताए।

१४ कात्ति, गोरखा। मनास्लु क्षेत्रमा ढुङ्गाले लागेर घाइते भएका एक पर्यटक दुई दिनदेखि उद्धारको पर्खाइमा छन्।

चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुङ्गाले टाउकोमा लागेर काठमाडौंको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका हुन्। प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

‘टाउकोमा गम्भीर चोट छ, झन् जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन,’ उनले भने।

प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन्। बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुङ्गाले टाउकोमा लागेर लम्साल घाइते भएका हुन्।





Read More