― Advertisement ―

मार्गोको गट मनी ट्रबल्स समीक्षा – एप्पल टिभीको नयाँ कमेडी श्रृंखला लत र आश्चर्यजनक रूपमा हार्दिक छ।

तपाईँ TechRadar किन भरोसा गर्न सक्नुहुन्छ हामीले समीक्षा गर्ने हरेक उत्पादन वा सेवाको परीक्षण गर्न घण्टौं बिताउँछौं, ताकि तपाईं सबै भन्दा राम्रो किन्दै हुनुहुन्छ भनी...
Homeखेलकुद़़मनास्लु क्षेत्रमा ढुंगा लागेर घाइते भएका पर्यटकको २ दिनदेखि हुन सकेन उद्धार

मनास्लु क्षेत्रमा ढुंगा लागेर घाइते भएका पर्यटकको २ दिनदेखि हुन सकेन उद्धार


फाइल तस्वीर



१४ कात्तिक, गोरखा । मनास्लु क्षेत्रमा ढुंगाले लागेर घाइते भएका एक जना पर्यटकको दुई दिनदेखि उद्धार हुन सकेको छैन ।

चुमनुब्री गाउँपालिका–१ सामागाउँबाट फर्कँदा ढुंगाले टाउकोमा लागेर काठमाडौँको टोखा–६ का ४४ वर्षीय मिनुइन्द्र लम्साल घाइते भएका थिए ।

प्रतिकूलमौसमका कारण हेलिकप्टर उड्न नसकेपछि उद्धारमा कठिनाइ भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए ।

‘टाउकोमा गम्भीर चोट छ, झन जोखिम हुनसक्ने भएकाले बोकेर ल्याउन सकिएको छैन,’ उनले भने ।

प्राथमिक उपचार गरिरहेका स्वास्थ्यकर्मी छिरिङ खाम्डो लामाका अनुसार लम्साल उद्धारको पर्खाइमा छन् ।

बिहीबार सामागाउँबाट फर्कने क्रममा चुमनुब्री–४ बुरनजिकैको भीरबाट खसेको ढुंगाले टाउकोमा लागेर लम्साल घाइते भएका थिए ।





Read More