― Advertisement ―

मिन्ट मोबाइलको नयाँ Samsung Galaxy S26 शृङ्खला सम्झौताले तपाईंलाई $900 सम्म बचत गर्न सक्छ – सम्पूर्ण उपकरण कभर गर्न पर्याप्त

नियमित रूपमा मिन्ट मोबाइल प्रमोशनहरू कभर गर्ने व्यक्तिको रूपमा, मैले भन्न चाहन्छु कि क्यारियरले यस हप्ता आफ्नो डिलहरूको साथमा घर चलिरहेको छ। साथमा इन्टरनेट...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

चलचित्र विकास बोर्डले यसपालिको दसैंमा प्रदर्शनमा आएका तीन नेपाली फिल्मको कुल कमाइ (ग्रस कलेक्सन) सार्वजनिक गरेको छ। दसैंको फूलपातीको अवसर पारेर ‘बलिदान’, ‘हरिबहादुरको जुत्ता’ र ‘माइतीघर’ प्रदर्शनमा आएका थिए।

बोर्डले गत शनिबार (कात्तिक ८ गते) सम्मको तथ्यांक सार्वजनिक गरेको हो। यसअनुसार, तीन फिल्ममध्ये सन्तोष सेन निर्देशित ‘बलिदान’ ले मात्र ५ करोडको आँकडा पार गर्न सफल भएको छ। ‘बलिदान’ ले सिनेपा बक्सअफिसमा ५ करोड ७ लाख ३१ हजार रूपैयाँको ग्रस कमाइ गरेको छ। यस अवधिमा फिल्मको १ लाख ६९ हजारभन्दा बढी टिकट बिक्री भएका छन्। फिल्ममा समीर भट्ट, सौगात मल्ल, ऋचा शर्मा लगायतका कलाकारहरूको मुख्य अभिनय छ।

त्यसैगरी, दीपेन्द्र के. खनाल निर्देशित ‘हरिबहादुरको जुत्ता’ ले ४ करोड ७० लाख ४३ हजार रूपैयाँ कमाएको छ। यस फिल्मको १ लाख ४८ हजारभन्दा बढी टिकट बिक्री भएका छन्। फिल्ममा हरिवंश आचार्य, स्वस्तिमा खड्का, प्रकाश सपुत, प्रियंका कार्की लगायतका कलाकारहरूको अभिनय छ।

मिलन तामाङ निर्देशित ‘माइतीघर’ ले ४ करोड १२ लाख १७ हजार रूपैयाँको ग्रस कमाइ गरेको छ। यसको १ लाख ४२ हजारभन्दा बढी टिकट बिक्री भएको तथ्यांक छ। फिल्ममा धिरज मगर, प्रकाश सपुत, केदार घिमिरे, उपासना सिंह ठकुरी लगायतका कलाकारहरू छन्।

Laxmi bank
Laxmi bank

यो पनिः ‘जेरी अन टप’ को दुई लाख टिकट बिक्री, कति पुग्यो कमाइ?

box-Office--kartik-8-1761559408.jpg

 





Read More