― Advertisement ―

‘एआई जीवनमा एक पटकको अवसर हो’: अमेजनका सीईओ एन्डी जसीले एआईको भविष्यको लागि आफ्नो ‘6 सत्यहरू’ राख्छन्।

Amazon CEO Andy Jassy ले कम्पनीमा AI को भविष्यको बारेमा आफ्नो दृष्टिकोणलाई रेखांकित गर्नुभएको छ, छ वटा "प्रविधिले के गर्न सक्छ र मुख्य कुराहरू...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost : सेतोपाटी कला :: KhabarHost


Tata box 1
Tata box 1

अनमोल केसी, जसिता गुरूङ र आँचल शर्मा अभिनीत फिल्म ‘जेरी अन टप’ ले राम्रो व्यापार गरिरहेको छ। असोज ३१ गतेदेखि प्रदर्शनमा आएको यो फिल्मले पहिलो दिनबाटै दर्शकको माया पाइरहेको छ।

फिल्मको व्यापार सुरूका दिनभन्दा नवौं दिनमा अझ बढेको छ। फिल्मले प्रदर्शनको नवौं दिनमा १ करोड रूपैयाँभन्दा बढीको ग्रस व्यापार गरेको निर्माण पक्षले जनाएको छ।

निर्माता सरोज न्यौपानेका अनुसार फिल्मले शनिबार मात्रै १ करोड १ लाख ३२ हजार रूपैयाँ ग्रस कमाइ गरेको छ। चलचित्र विकास बोर्डले उपलब्ध गराएको रियल टाइम बक्सअफिस रिपोर्ट सार्वजनिक गर्दै न्यौपानेले आफ्नो फिल्मले प्रदर्शनको नवौं दिनमा एकै दिन १ करोडको माइलस्टोन पार गरेको जानकारी गराएका हुन्। निर्माण पक्षका अनुसार, यो फिल्मले रिलिजको पहिलो दिन ७२ लाख र दोस्रो दिन शनिबार ८६ लाख ग्रस कमाइ गरेको थियो।

आइतबार पनि फिल्ममा दर्शकको उपस्थिति राम्रो छ।

Laxmi bank
Laxmi bank

काठमाडौंसँगै मोफसलका प्रमुख सहरदेखि जिल्लाका हलहरूमा समेत फिल्मप्रति दर्शकको आकर्षण राम्रो देखिएको छ।

सुयोग गुरूङको निर्देशनमा बनेको यो फिल्ममा अनमोल, जसिता र आँचलसँगै भुवन केसी, केदार घिमिरे, उषा खड्गी, सुरक्षा पन्त लगायतको अभिनय छ।

फिल्मले पहिलो साता ५ करोड रूपैयाँभन्दा बढीको ग्रस व्यापार गरेको थियो। त्यसपछिको पूर्ण व्यापारिक विवरण भने बाहिर आएको छैन।

एड्भेन्चर लभस्टोरी ‘जेरी अन टप’ ले सगरमाथा आरोहण र त्यसक्रमको त्रिकोणात्मक प्रेमकथालाई प्रस्तुत गर्छ। अनन्या फिल्मस्को प्रस्तुतिमा बनेको फिल्म दुलिप रेग्मीले छायांकन गरेका हुन्।





Read More