― Advertisement ―

स्पार्कक्याट मालवेयर एन्ड्रोइड र आईओएस प्रयोगकर्ताहरूलाई लक्षित गर्न फर्कन्छ, निर्दोष एपहरूमा लुकेर तपाईंको विवरणहरू चोर्न प्रयास गर्न

Sparkerfoto Store मा iOS र PlayStore स्टोर एपहरूओसीआर र किवर्डहरू मार्फत क्रिप्टोकरेन्सी बीज वाक्यांशहरू लक्षित गर्दछनयाँ अस्पष्टता प्रविधिहरूले पत्ता लगाउन अझ गाह्रो बनाउँछSparkCat, एक...
Homeमनोरन्जन: सेतोपाटी कला :: KhabarHost

: सेतोपाटी कला :: KhabarHost


अभिनेत्री दीपिका पादुकोण पछिल्लो समय काममा ८ घण्टाको सिफ्ट मागका कारण चर्चामा छिन्। दुई तेलुगु फिल्म ‘स्पिरिट’ र ‘कल्की २८९८ एडी’ को सिक्वेलबाट ‘वर्क आवर्स’ मागकै कारण उनी बाहिरिएकी छिन्। 

यस्तोमा अर्की अभिनेत्री रश्मिका मन्दनाले संरचित वर्क आवर्स बिना आफूलाई धेरै काममा जोत्नु कलाकारका लागि फाइदाजनक नभएको बताएकी छिन्।

हालै एक अन्तर्वार्तामा जब रश्मिकालाई संरचित वर्क आवर्सबारे चलिरहेको चर्चाका बारेमा सोधियो, तब उनले आफू धेरै काम गर्ने र कसैलाई पनि यसो गर्न सल्लाह नदिने बताएकी थिइन्।

उनले एक निश्चित तालिका हुनु राम्रो हुने पनि बताएकी थिइन्। उनले विजय देवरकोंडासँग विवाह गर्नुअघि पारिवारिक जीवनमा ध्यान केन्द्रित गर्ने इच्छा पनि व्यक्त गरेकी छिन्। 

उनले भनेकी थिइन्, ‘म धेरै काम गर्छु, र म तपाईंलाई बताइरहेकी छु कि यो बिल्कुलै सल्लाहयोग्य छैन। यो टिकाऊ छैन। यसो नगर्नुहोस्। तपाईंलाई सहज लाग्ने, तपाईंलाई सही लाग्ने काम गर्नुहोस्। ८ घण्टा सुत्नुहोस्, ९–१० घण्टा पनि सुत्नुहोस्, किनभने विश्वास गर्नुहोस्। मैले हालै वर्क आवर्सबारे धेरै यस्ता कुराकानी देखेकी छु। मैले दुवै तरिकाले काम गरेकी छु।’ 

सोही अन्तर्वार्तामा रश्मिकाले आफ्ना टोलीहरूलाई ‘नाइँ’ भन्न गाह्रो लाग्ने भएकाले उनी आवश्यकताभन्दा बढी काम लिने गरेको बताइन्। उनले भनिन्, ‘तर यदि मैले आफैंको लागि छान्न सक्थें भने, म भन्थें, कृपया हामी कलाकारहरूलाई यसो गर्न नदिनुहोस्। जसरी अफिसमा ९–५ को समय हुन्छ, त्यसरी नै हामीलाई पनि त्यो समय दिनुहोस्। किनभने म अझै पनि आफ्नो पारिवारिक जीवनमा ध्यान केन्द्रित गर्न चाहन्छु।’ 

उनले अगाडि भनिन्, ‘म आफ्नो निद्रा पूरा गर्न चाहन्छु। र म व्यायाम गर्न चाहन्छु ताकि पछि मलाई पछुतो नहोस्। म अहिले पनि आफ्नो भविष्यको बारेमा सोचिरहेकी छु, तर अहिले मसँग धेरै कुरा भन्नको लागि अधिकार छैन किनभने म धेरै काम लिइरहेकी छु।’ 

साउथ सिनेमादेखि बलिउडसम्म चर्चामा रहेकी अभिनेत्री रश्मिकाले एकपछि अर्को ठूला फिल्ममा काम गरिरहेकी छिन्। हालै रिलिज भएको उनको हिन्दी फिल्म ‘थामा’ ले दर्शकको माया पाइरहेको छ। हालै एक कार्यक्रममा निर्माता एसकेएनले पनि रश्मिकाको आगामी फिल्म ‘द गर्लफ्रेन्ड’ को लागि उनको प्रशंसा गरेका थिए। 

दीपिका पादुकोण ‘स्पिरिट’ र ‘कल्की २८९८ एडी’ को सिक्वेलबाट बाहिरिएको खबरका बीच निर्माता एसकेएनले रश्मिकाको प्रशंसा गरेका थिए। उनले रश्मिकाले कडा कामको घण्टा (वर्क आवर्स) माग नगरेको बताएका थिए। यस्तोमा, एक रश्मिकाले वर्क आवर्स बिना धेरै काममा जोत्नु फाइदाजनक नभएको बताएकी हुन्। 

रश्मिका मन्दनालाई यस वर्ष फिल्म ‘थामा’, ‘छावा’, ‘सिकन्दर’ र ‘कुबेरा’ मा देखिएको थियो। उनको आगामी फिल्म ‘द गर्लफ्रेन्ड’ नोभेम्बर ७ मा सिनेमाघरमा रिलिज हुनेछ।





Read More