― Advertisement ―

भिजिबलको प्रो+ प्लानमा अहिले ५०% छुट छ — र यसले Verizon को आउटेजको बेला पनि काम गर्‍यो

दृश्यमान तारकीय डीलहरू प्रस्ताव गर्न कुनै अपरिचित छैन, तर MVNO केन्द्र वा छुट्टै क्यारियर कार्यक्रमहरूको वरिपरि किनमेल गर्न। उदाहरणका लागि, साइबर सोमबारलाई लिनुहोस् —...
HomeLatest news३२ वर्षीय युवा र ४ मुसासहित अन्तरिक्ष मिसन पठाउने चीनको तयारी 

३२ वर्षीय युवा र ४ मुसासहित अन्तरिक्ष मिसन पठाउने चीनको तयारी 



१४ कात्तिक, काठमाडौं । चीनले आफ्नो नयाँ अन्तरिक्ष अभियान ‘शेन्जो–२१’ बुधबार राति ११:४४ बजे प्रक्षेपण गर्ने तयारी गरेको छ।

चिनियाँ सञ्चार माध्यमहरूका अनुसार, यो उडान चीनको उत्तर–पश्चिमी क्षेत्रमा रहेको जिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट हुनेछ।

यो अभियान तियांगोङ अन्तरिक्ष स्टेशन तर्फ पठाइनेछ । त्यहाँ हरेक छ महिनामा तीन जना अन्तरिक्ष यात्रीहरूको टोली अदल–बदल गरिने छ ।

तियांगोङ चीनको अहिलेसम्मको सबैभन्दा ठूलो र महत्वाकांक्षी अन्तरिक्ष परियोजना हो, जसमा अरबौँ डलर लगानी गरिएको छ । यसको उद्देश्य अमेरिका र रूसभन्दा अगाडि पुग्ने हो ।

सबैभन्दा कान्छो अन्तरिक्ष यात्री

यो अभियानमा चीनका सबैभन्दा कान्छा अन्तरिक्ष यात्री वू फेई पनि सहभागी हुनेछन् । उनको उमेर ३२ वर्ष मात्र हो छ । उनी फ्लाइट इन्जिनियर हुन् ।

वू फेईले प्रस्थान अघि भने, ‘म अत्यन्त खुशी छु । आफ्ना बाल्यकालका सपनालाई देशको अन्तरिक्ष अभियानसँग जोड्न पाउनु मेरो जीवनको सबैभन्दा ठूलो गौरव हो ।’

टोलीका अन्य सदस्यहरू

यो मिसनका टोली नेता झाङ लू हुन्, जो यसअघि पनि अन्तरिक्ष यात्रा गरिसकेका छन् ।

तेस्रो सदस्य झाङ होङझाङ हुन् । झाङ लूले भने, ‘हामी पूर्ण सफलताका साथ देशलाई गर्व दिलाउनेछौं ।’

अन्तरिक्षमा पहिलोपटक मुसा–अध्ययन

यो मिसनको खास विशेषता रहेको बताइएको छ । यसमा चारवटा मुसा (२ पोथी र २ भाले) पनि अन्तरिक्षमा पठाइँदै छ ।

मिसनका क्रममा अन्तरिक्षमा पहिलो पटक मुसाहरूमा जैविक प्रयोग गरिनेछ, जसबाट जीव विज्ञान र अन्तरिक्ष स्वास्थ्यसम्बन्धी नयाँ जानकारी पाउने अपेक्षा गरिएको छ ।

यस अभियानलाई चीनको अन्तरिक्ष महत्वाकांक्षाको अर्को ठूलो कदमका रूपमा हेरिएको छ, जसले देशलाई अमेरिका र रूससँगको अन्तरिक्ष प्रतिस्पर्धामा नयाँ उचाइमा पुर्‍याउने विश्वास गरिएको छ ।

–एजेन्सीहरूको सहयोगमा





Read More