― Advertisement ―

क्लाउडले भर्खरै यसको सबैभन्दा शक्तिशाली उपकरणहरू निःशुल्क बनायो — फाइल निर्माणदेखि एप एकीकरणसम्म, सबै विज्ञापनहरू बिना

एन्थ्रोपिकले क्लाउडका सबै सुविधाहरू नि:शुल्क खोलेको छ। usersClaude's file creation, Connectors and customizable Skills features are now available to anyoneThe free plans have also...
HomeLatest newsचितवनको टिकौली जंगलमा २ बस र एक ट्रक ठोक्किए, ३३ जना घाइते

चितवनको टिकौली जंगलमा २ बस र एक ट्रक ठोक्किए, ३३ जना घाइते



१४ कात्तिक, चितवन । चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँदा ३३ जना घाइते भएका छन् । घाइतेमध्ये ८ जनाको अवस्था मध्यम खालको छ ।

गएराति करिब पौने २ बजे इँट्टा लोड गरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाडौंतर्फ जाँदै गरेको बा. प्र. ०३०० ख ०१२३ नम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ जाँदै गरेको बा. प्र.०३०० ख ३९०२ नम्बरको रुद्राक्ष यात्रुबाहक बस समेत ठोक्किएको थियो ।

बस सडकमा पल्टिएको थियो । लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो । घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको उपचार भइरहेको छ ।

क्रेनको सहायताले बसलाई सडक क्षेत्रबाट हटाएर आज बिहान करिब ३ बजेतिर सडक एकतर्फी खुलाइएको थियो ।

बा.प्र.०३–००१ख ३९०२ नम्बरको रुद्राक्ष बसका चालक धनुषा जिल्ला शहीद नगरपालिका–४ बस्ने ४३ वर्षीय कृष्ण मण्डललाई जिल्ला प्रहरी कार्यालय चितवनले नियन्त्रणमा लिएको छ ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More