― Advertisement ―

Claude Cowork अब उद्यम प्रयोगको लागि उपलब्ध छ, विश्लेषण, पहुँच नियन्त्रण र थप थप्छ

Claulyde कामको लागि सामान्य भुक्तानी उपलब्ध छ ग्राहकहरूइन्टरप्राइज योजनाहरूले नयाँ पहुँच नियन्त्रण, शासन र थप कुराहरू पाउँछन्Zoom ले आफ्नो AI कम्पेनियनलाई एकीकृत गर्न MCP...
HomeLatest newsयूएईसँग नेपालको हार – KhabarHost

यूएईसँग नेपालको हार – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • नेपालले आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत दोस्रो खेलमा यूएईसँग ५ विकेटले पराजित भएको छ।
  • नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा ५ विकेटमा पूरा गर्‍यो।
  • कप्तान रोहित पौडेलले १३० बलमा १०९ रन बनाएर शतक पूरा गरे पनि नेपाल ५० ओभरमा २३३ रनमा अलआउट भयो।

१३ कात्तिक, काठमाडौं । आईसीसी विश्व क्रिकेट लिग २ अन्तर्गत ओडिआई शृंखलाको आफ्नो दोस्रो खेलमा नेपाल यूएईसँग पराजित भएको छ । बिहीबार भएको खेलमा नेपाललाई यूएईले ५ विकेटले हराएको हो ।

नेपालले दिएको २३४ रनको लक्ष्य यूएईले ४३ ओभर ३ बलमा ५ विकेटको क्षतिमा पूरा गर्‍यो । यूएईका लागि ओपनर आर्यन्श शर्माले सर्वाधिक ९८ रन बनाए । अलिशान सराफुले ४५ तथा मुहम्मद वासीमले २६ रन बनाए ।

नेपालका लागि सन्दीप लामिछानेले १० ओभरमा ३४ रन दिएर २ विकेट लिए । करण केसी र दीपेन्द्रसिंह ऐरीले १-१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले कप्तान रोहित पौडेलको शतकमा ५० ओभरमा अलआउट हुँदै २३३ रन बनाएको थियो ।

रोहितले १३० बलमा १०९ रन बनाए । ओडिआईमा उनको यो दोस्रो शतक हो । त्यस्तै आसिफ शेखले ३५, आरिफ शेखले २७ तथा दीपेन्द्रसिंह ऐरीले २३ रन बनाए ।

यूएईका लागि जाहिद अलीले ६ ओभरमा ४१ रन दिएर ४ विकेट लिए । जुनेद सिद्दिकीले १० ओभरमा ५४ रन दिएर ३ विकेट लिए । मुहम्मद रोहिद र हैदर अलीले १-१ विकेट लिए ।

यो शृंखलामा नेपालको लगातार दोस्रो हार हो । यसअघि पहिलो खेलमा अमेरिकासँग १०६ रनले पराजित भएको थियो ।





Read More