― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeविचार/ब्लगफेरिने भयो निर्वाचन तालिका, संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने

फेरिने भयो निर्वाचन तालिका, संघको भएपछि स्थानीय तह र प्रदेश चुनाव हुने


News Summary

Generated by OK AI. Editorially reviewed.

  • आगामी फागुन २१ गते प्रतिनिधि सभाको चुनाव हुने भएको छ र प्रदेश तथा स्थानीय तहको चुनाव २०८४ सालमा हुनेछन्।
  • प्रतिनिधि सभाको विघटनपछि नयाँ सरकार बन्न नसक्दा पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ।
  • निर्वाचन आयोगका अधिकारीहरूले तीन तहको चुनाव तीन चरणमा हुने वातावरण बन्ने बताएका छन्।

१६ असोज, काठमाडौं । आगामी फागुनमा प्रतिनिधि सभाको चुनाव भएसँगै निर्वाचन तालिको फेरिने भएको छ । २०७४ साल र २०७९ सालमा प्रतिनिधि सभा र प्रदेशको चुनाव एकसाथ भएको थियो ।

पाँच वर्षे कार्यकार पूरा नभइ प्रतिनिधि सभा विघटन भएर आगामी फागुनमा चुनाव हुने भएपछि एकसाथ चुनाव हुने अवस्थाको अन्त्य हुन लागेको हो ।

प्रतिनिधि सभाको निर्वाचन आगामी फागुन २१ म भएपनि प्रदेश सभाको चुनाव २०८४ सालमा हुनेछ । सोही वर्ष स्थानीय तहको समेत निर्वाचन हुनेछ । प्रदेश सभाको भन्दा पहिले स्थानीय तहको निर्वाचन हुनेछ ।

प्रदेश सभाको पछिल्लो चुनाव ४ मंसिर २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिने गरी चुनाव हुँदा २०८४ को मंसिर वरिपरी नै चुनाव हुनेछ ।

तर, स्थानीय तहको पछिल्लो चुनाव ३० वैशाख २०७९ मा भएको थियो । पाँच वर्षे कार्यकाल पूरा गर्न दिँदा स्थानीय तहको चुनाव २०८४ को वैशाख अन्तिम साता वरिपरी नै हुनेछ ।

आगामी फागुनमा हुने चुनावबाट आउने प्रतिनिधि सभाको कार्यकाल २०८७ सालसम्म रहनेछ । नयाँ आउने प्रतिनिधि सभाबाट बन्ने सरकारले नै प्रदेश र स्थानीय तहको निर्वाचन गराउनेछ ।

विगतमा तीन वटै तहको चुनाव गर्दा संघीय सरकार पनि विदा भएर नयाँ आउने चरणमा हुन्थ्यो । किनभने प्रतिनधि सभाको कार्यकाल समेत सकिने अवस्थामा रहन्थ्यो । अब भने त्यस्तो नहुने भएको वातावरण बनेको छ ।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनपछि प्रतिनिधि सभा विघटन भएर आगामी फागुन २१ गतेका लागि चुनावको मिति तय भएको हो ।

जेनजीको आन्दोलनपछि तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली राजीनामा दिन बाध्य भए । प्रतिनिधि सभाबाटै नयाँ सरकार बन्ने अवस्था नरहेपछि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा अन्तरिम सरकार बनेको छ ।

अन्तरिम सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधि सभा विघटन गरेर आगामी फागुन २१ गतेका लागि चुनावको मिति घोषणा गरेका हुन् ।

तोकिएको समयमा निर्वाचन भएको अवस्थामा तीन तहको निर्वाचन तीन वटै चरणमा हुने वातावरण बन्ने निर्वाचन आयोगका अधिकारीहरू बताउँछन् ।

उनीहरू एकै पटक तीन तहको निर्वाचन गराउनेबारे छलफलमा थिए । तर, प्रतिनिधि सभा विघटन भएर निर्वाचनको मिति तय भएपछि तीन तहको चुनाव तीन चरणमा नै हुने वातावरण सिर्जना भएको हो ।

(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More