― Advertisement ―

गुगलको क्वान्टम चेतावनीले बिटकोइन ईन्क्रिप्शन चाँडै असफल हुन सक्छ भनी क्यूबिट आवश्यकताहरू भविष्यको साइबर सुरक्षा जोखिमहरूको बारेमा धारणाहरू परिवर्तन गर्ने सुझाव दिन्छ।

क्वान्टम रिसोर्सको अनुमानको तुलनामा द्रुत गतिमा कमी हुन सक्छ अपेक्षितकम गरिएको क्यूबिट आवश्यकताहरूले सैद्धान्तिक आक्रमणहरूलाई व्यावहारिक वास्तविकताको नजिक ल्याउँछबिटकोइनको क्रिप्टोग्राफिक आधारहरूले क्वान्टम एल्गोरिथ्म दक्षतालाई...
Homeजीवनशैली/स्वास्थ्यदशैंको टीकामा दिइने आर्शीवाद र यसको अर्थ – KhabarHost

दशैंको टीकामा दिइने आर्शीवाद र यसको अर्थ – KhabarHost


News Summary

Generated by OK AI. Editorially reviewed.

  • विजया दशमीमा परिवारका ज्येष्ठ सदस्यले सानालाई रातो टीका र जमरा लगाएर सुख, शान्ति र समृद्धिको आशीर्वाद दिन्छन्।

दशैं,  प्रायगरी आध्यात्मिक, सामाजिक र सांस्कृतिक एकताको प्रतीक हो । यो पर्वको विशेष दिन विजया दशमी हो ।

यस दिन परिवारका ज्येष्ठ सदस्यले सानालाई रातो टीका, जमरा लगाएर आशीर्वाद दिने परम्परा छ ।

यो आशीर्वाद केवल औपचारिक शब्दहरूको संग्रह नभई गहिरो सांस्कृतिक, धार्मिक र सामाजिक महत्त्व बोकेको अभिव्यक्ति हो । दशैंको टीकामा दिइने आशीर्वादको अर्थलाई विभिन्न आयामबाट बुझ्न सकिन्छ।

मान्यजनले टीका लगाइदिँदा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र उन्नति, प्रगतिको कामना गर्ने गर्छन् ।

दशैंमा टीका लगाउँदा प्राय गरी दुईवटा मन्त्रोचारण गरी आशीर्वाद दिने प्रचलन छ ।

दशैंमा आशीर्वाद दिँदा पढिने मन्त्र र यसको अर्थ

आयु द्रोण सुते, श्रियं दशरथे शत्रुक्षयं राधवे
ऐश्वर्य नहुषे, गतिश्च पवने, मानं च दूर्योधने ।।
सौर्य शान्तनवे, बलं हलधरे सत्यं च कुन्ती सुते
विज्ञानं विदुरे भवतु भवतां कीर्तिश्च नारायणे ।।

यसको अर्थ

आयु द्रोण सुते : द्रोणचार्यका पुत्र अश्वस्थामाको जस्तै लामो आयु होस् ।

श्रियं दशरथे : दशरथ राजाको जस्तै श्री अर्थात लक्ष्मीको दिव्य कृपा रहोस् ।

शत्रुक्षयं राधवे : भगवान श्री रामचन्द्रले जस्तै शत्रुको नाश गर्नू ।

ऐश्वर्य नहुषे : राजा नहुषको जस्तै ऐश्वर्य प्राप्त होस् । राजा नहुष पृथ्वीसहित स्वर्गको समेत राजा भएको पुराणहरूमा उल्लेख छ ।

गतिश्च पवने : पवन अर्थात हावाको जस्तै गति होस् ।

मानं च दूर्योधने : हस्तिनापुरका युवराज दुर्योधनको जस्तै मान-सम्मान मिलोस् । उनी घमण्डी, अहंकारी भए पनि हस्तिनापुरमा दुर्योधनको मान-सम्मान उच्च थियो ।

सौर्य शान्तनवे : सन्तनुपुत्र देवब्रत जसलाई भीष्मपितामह पनि भनिन्छ, उनको जस्तै सौर्य अर्थात पराक्रम रहोस् ।

यसमा ‘सौर्य शान्तनवे’ को सट्टा कतैकतै ‘दानं सूर्यसुते’ अर्थात सूर्यपुत्र कर्ण जस्तै दानी बन्नू पनि भन्ने गरेको पाइन्छ ।

बलं हलधरे : भगवान कृष्णका दाजु हलोधारी बलरामको जस्तै बल होस् ।

सत्यं च कुन्ती सुते : कुन्तीपुत्र युधिष्ठिर जस्तै सत्यवादी हुनू ।

विज्ञानं विदुरे : विदुर जस्तै ज्ञानले भरिपूर्ण हुनू ।

भवंतु भवतां कीर्तिश्च नारायणे : तपाईंलाई/तिमीलाई प्राप्त होस्, नारायणको जस्तो कीर्ति ।

अर्को मन्त्र छ जुन प्राय महिलालाई आशीर्वाद दिँदा प्रयोग गरिन्छ ।

ऊँ जयन्ती मङ्गला काली भद्रकाली कपालिनी ।
दुर्गा क्षमा शिवा धात्री स्वाहा स्वधा नमोस्तुते ।।

यो मन्त्रमा देवी अर्थात दुर्गाका विभिन्न रूप र नामको उच्चारण गरिएको छ । दशैं दुर्गा अर्थात देवीको पूरा अर्चना गर्ने पर्व हो । नवरात्र भरी देवीका विभिन्न स्वरुपको पूजा गरिन्छ ।

देवीका नाम अनुसार विभिन्न शक्तिको अर्थ लाग्छ ।

जयन्ती : विजय शक्ति प्रदान गर्ने

मङ्गला : कल्याणी अर्थात सुख प्रदान गर्ने,

काली : शत्रुको विनाश गर्ने स्वरुप,

भद्रकाली : अभय रुप

कपालिनी : कपाल र मुण्डमाला धारण गरेकी ।

दुर्गा : देवीको एक शक्तिशाली र साहसी स्वरुप, आठ हात भएकी र बाहन सिंहमाथि चढेकी ।

क्षमा : क्षमा प्रदान गर्ने, दया र करुणाको स्वरुप

शिवा : शान्त र शिवको स्वरूप

धात्री : ब्रह्माण्डलाई धारण गर्ने, ब्रह्माण्डको रक्षा गर्ने

स्वाहा स्वधा नमोस्तुते : यी शब्दले देवीको नाममा समर्पण तथा श्रद्धा व्यक्त गरिएको हो ।

अर्थात मात्रा देवीका विभिन्न नाम लिएर उनको आराधना गरिएको हो ।

 पारिवारिक एकता

दशैंको टीकाको आशीर्वादले परिवार र समुदायलाई जोड्ने काम गर्छ । मान्यजनबाट आशीर्वाद पाउँदा आनन्द र खुसी मिल्छ । साथै जीवनमा अघि बढ्न प्रेरणा पनि मिल्छ ।

यो प्रक्रियाले पारिवारिक एकता र सामाजिक सम्बन्धलाई बलियो बनाउँछ । टीका लगाउने र आशीर्वाद दिने कार्यले कम्तीमा वर्षको एक पटक परिवारका सबै सदस्यलाई एकै ठाउँमा भेला हुन प्रेरित गर्छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More