― Advertisement ―

‘TikTok सरकारी उपकरणहरूमा प्रयोग गर्न सकिन्छ’: ट्रम्प प्रशासनले सरकारी फोनमा टिकटक प्रतिबन्ध हटायो, त्यसैले कर्मचारीहरू अब फेरि एक पटक डूमस्क्रोल गर्न स्वतन्त्र छन्

का लागि ट्रम्प प्रशासनले प्रतिबन्ध हटाएको छ। उपकरणहरूसन् २०२२ मा सरकारी कर्मचारीहरूले एप स्थापना गर्न प्रतिबन्ध लगाएका थिएअमेरिकामा TikTok अब एक अमेरिकी कम्पनीको स्वामित्वमा...
Homeराष्ट्रिय समाचारएमाले अध्यक्ष ओली केही दिन अस्पतालमै बस्ने - KhabarHost - नेपालको नम्बर...

एमाले अध्यक्ष ओली केही दिन अस्पतालमै बस्ने – KhabarHost – नेपालको नम्बर १ अंग्रेजी दैनिक पत्रिका


काठमाडौं, वैशाख ९

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि केही दिन अस्पतालमै बस्ने भएका छन् ।

उनी आज प्रहरी हिरासतबाट रिहा भएका छन्। जनरल जेड आन्दोलन घटना छानबिन गर्न गठित उच्चस्तरीय आयोगको प्रतिवेदनका आधारमा ओलीलाई अनुसन्धानका लागि हिरासतमा राखिएको थियो । उनी पक्राउ परेदेखि नै अस्पतालमा उपचार गराउँदै आएका थिए।

सरकारले पूर्वाग्रही र प्रतिशोधात्मक ढंगले फौजदारी अभियोग लगाएर १३ दिनसम्म गैरकानूनी हिरासतमा राखे पनि कुनै ठोस आधार वा प्रमाण नपुगेका कारण मुद्दा अघि बढाउन नसक्दा उनलाई रिहा गरिएको अध्यक्ष ओलीले बताए ।

सर्वोच्च अदालतको फैसलाबमोजिम रिहा भएपछि अध्यक्ष ओलीले आफ्नो रिहाइको पक्षमा सामाजिक सञ्जालमा आवाज उठाउने सबैप्रति कृतज्ञता व्यक्त गरे।



थप पढ्नुहोस्