― Advertisement ―

क्लाउडले जेमिनी र ChatGPT लाई हराएर प्रमुख प्रयोगकर्ता सन्तुष्टि सर्वेक्षणमा जित्यो – तर यो Grok र Siri को लागि नराम्रो खबर हो

सार्वजनिक एआईएआईसँग उच्च स्कोर भएका प्रयोगकर्ताहरू बीचमा 56.2 को नेट स्कोर, 46.5 मा मिथुन भन्दा अगाडिग्रोक र सिरी सन्तुष्टि रेटिंग शीर्ष 10 को तलमा...
Homeविजनेस‘उद्योगमा विद्युत् कटौतीले बेरोजगार बनेका श्रमिकको जिम्मा सरकारले लिनुपर्छ’

‘उद्योगमा विद्युत् कटौतीले बेरोजगार बनेका श्रमिकको जिम्मा सरकारले लिनुपर्छ’


News Summary

Generated by OK AI. Editorially reviewed.

  • समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योगमा विद्युत् कटौतीपछि बेरोजगार भएका ३० हजार श्रमिकको जिम्मा सरकारले लिनुपर्ने बताएको छ।
  • युनियनले विद्युत् कटौतीले हजारौं श्रमिकको रोजगारी, आम्दानी र जीविको पार्जन संकटमा परेको र यो गैर जिम्मेवार काम भएको उल्लेख गरेको छ।
  • युनियनले उद्योगमा विद्युत् जोड्न र विद्युत् महसुल भुक्तानी विवाद कानुनी प्रक्रियाबाट समाधान गर्न माग गरेको छ।

१३ कात्तिक, काठमाडौं । समग्र उद्योग ट्रेड युनियन नेपालले उद्योगमा विद्युत् कटौतीपछि बेरोजगार भएका श्रमिकको जिम्मा सरकारले लिनुपर्ने बताएको छ ।

एक प्रेस वक्तव्य जारी गर्दै युनियनले ठूला उद्योग प्रतिष्ठानमा विद्युत् कटौती हुँदा तीस हजार श्रमिक प्रत्येक्ष तथा अप्रत्येक्ष रुपमा प्रभावित भएको दाबी गरेको छ ।

‘यस कार्यले हजारौं श्रमिकको रोजगारी, आम्दानी र जीविको पार्जन संकटमा परेको छ, जुन पूर्ण रुपमा गैर जिम्मेवार, अमानवीय, राष्ट्र र श्रमिक विरोधी काम हो’ युनियनले भनेको छ ।

उद्योग व्यवसाय चलाउन पाउने अधिकार, श्रमिकको काम गर्ने अधिकार र परिवार पाल्ने अधिकार संविधानले सुनिश्चित गरेको मौलिक अधिकार भएको भन्दै युनियनले तत्काल उद्योगमा विद्युत् जोड्न माग गरेको छ ।

विद्युत् महसुल भुक्तानी विवाद कानुनी प्रक्रियाबाट समाधान गर्न युनियनले माग गरेको छ । सरकारी निकायको आन्तरिक विवाद वा भुक्तानी सम्बन्धी विवादको भार श्रमिकमाथि थोपार्नु गैर जिम्मेवार र अमानवीय काम भएको युनियनले बताएको छ ।

js = d.createElement(s); js.id = id; js.src = "https://connect.facebook.net/en_US/sdk.js"; fjs.parentNode.insertBefore(js, fjs); (document, 'script', 'facebook-jssdk'));



Read More