१० कात्तिक, काठमाडौं । अमेरिका र चीनबीच सम्भावित व्यापार सम्झौताको ढाँचा (नमूना) मा सहमति जुटेको छ । उक्त सहमतिको ढाँचालाई यसै साता दुवै देशका नेताहरू बीचको भेटघाटका दौरान छलफल गरिने भएको छ ।
अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टका अनुसार सम्झौताको ढाँचामा टिकटकको अमेरिकी व्यवसायसम्बन्धी अन्तिम सम्झौता र चीनले दुर्लभ खनिजहरूमा लगाइएको नयाँ प्रतिबन्धहरू हटाउने वा स्थगित गर्ने निर्णय समावेश रहेको बताएका छन् ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको घोषणाअनुसार चीनबाट आयात हुने सामानमा लगाइने शतप्रतिशत कर लागू हुने सम्भावना नरहेको पनि बताएका छन् । चीनले अमेरिकाबाट सोयाबिन खरिदलाई फेरि सुरू गर्ने पनि अर्थमन्त्री बेसेन्टको भनाइ छ ।
दुवै देशहरू विश्वका दुई सबैभन्दा ठूला अर्थव्यवस्थाका बीच जारी ‘ट्रेड वार’ लाई बढ्न नदिने प्रयास गरिरहेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्प एशियाको एक साता लामो भैमणमा छन् ।
भ्रमणका क्रममा उनले दक्षिण कोरियामा चीनका राष्ट्रपति शी जिनपिङसँग भेटवार्ता गर्ने कार्यतालिका रहेको बीबीसीले जनाएको छ ।
(function (d, s, id) var js, fjs = d.getElementsByTagName(s)[0]; if (d.getElementById(id)) return;
js = d.createElement(s);
js.id = id;
js.src = "https://connect.facebook.net/en_US/sdk.js";
fjs.parentNode.insertBefore(js, fjs);
(document, 'script', 'facebook-jssdk'));
Read More

